गजेन्द्र हमालले आज मन्त्री पदबाट राजिनामा दिंदै, केही बेरमा प्रधानमन्त्री समक्ष राजिनामा लिएर जाने


दामोदर भण्डारी दामोदर भण्डारी   आइतबार, असोज २४, २०७८
गजेन्द्र हमालले आज मन्त्री पदबाट राजिनामा दिंदै, केही बेरमा प्रधानमन्त्री समक्ष राजिनामा लिएर जाने


नेपालगन्ज २४ असोज : संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आज मन्त्री पदबाट राजिनामा दिंदै छन् । बजारमा आफु र पार्टीको बद्नाम गराएको भन्दै नवनियूक्त मन्त्री हमालले मन्त्री पदबाट राजिनामा दिन लागेको सेतोखरीसँग टेलिफोनमा अहिले बताए ।


मन्त्री हमालले आज आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजिनामा पत्र चढाउने बताए । सेतोखरीसँग कुरा गर्दै मन्त्री हमालले भने नातालाई जोडेर प्रधान न्यायाधिस र पार्टीको बदनाम गराउन खोजिएकोले मैले राजिनामा दिन लागेको छु । आजै प्रधानमन्त्री समक्ष राजिनामा चढाउछु ।

Kids Festival 2022
kanti aarogya hospital


बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२, घरबारीटोल निवासी गजेन्द्र हमाल कांग्रेस टुक्रदा शेर बहादुर देउवाको बाँके जिल्लामा बागडोर सम्हालेका थिए ।