नेपालगन्ज २४ असोज : कोहलपुर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ कौशिलानगरले उचालेकोछ ।
कोहलपुर वडा नम्बर ८ ले आयोजना गरेको प्रथम वडास्तरीय फुटबल प्रतियोगितामा आयोजकलाई ३–२ को गोल अन्तरले हराउँदै वडा नम्बर १ ले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार सहितको उपाधि उचालेको हो ।
प्रतिस्प्रधात्मक फाइनल खेलमा विजयी वडा नम्बर १ का तर्फबाट तेजबहादुर थापाले २ र रियाज बानियाले १ गोल गरेका थिए । कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा कुनै पनि खेल नहारी उपाधी उचाल्न सफल भएको वडा नम्बर १ का फुटबल टिम म्यानेजर सरोज खत्रीले जानकारी दिए ।

फाइनल खेलको पहिलो हाफमा १–१ गोलको बराबरी रहेको खेलको दोस्रो हाफमा थप एक गोल गर्दै वडा नम्बर ८ ले अग्रता लिएता पनि थप दुई गोल गर्दै वडा नम्बर १ ले ३–२ को जीत निकालेको हो ।
वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी उचालेको वडा नम्बर १ का गोलकिपर जीवन घर्तीमगरले बेष्ट किपर, वडा नम्बर ८ का भरत विकले वेस्ट प्लेयर र खेलअवधिमा ५ गोल गरेका धनबहादुर चदराले हाइ स्कोररको उपाधी प्राप्त गरेकाछन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’