वडा नम्बर १ ले उचाल्यो कोहलपुर वडास्तरीय फुटबलको उपाधी


वडा नम्बर १ ले उचाल्यो कोहलपुर वडास्तरीय फुटबलको उपाधी

नेपालगन्ज २४ असोज : कोहलपुर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर १ कौशिलानगरले उचालेकोछ ।

कोहलपुर वडा नम्बर ८ ले आयोजना गरेको प्रथम वडास्तरीय फुटबल प्रतियोगितामा आयोजकलाई ३–२ को गोल अन्तरले हराउँदै वडा नम्बर १ ले ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार सहितको उपाधि उचालेको हो ।

प्रतिस्प्रधात्मक फाइनल खेलमा विजयी वडा नम्बर १ का तर्फबाट तेजबहादुर थापाले २ र रियाज बानियाले १ गोल गरेका थिए । कुल ९ वटा टिमको सहभागिता रहेको प्रतियोगितामा कुनै पनि खेल नहारी उपाधी उचाल्न सफल भएको वडा नम्बर १ का फुटबल टिम म्यानेजर सरोज खत्रीले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

फाइनल खेलको पहिलो हाफमा १–१ गोलको बराबरी रहेको खेलको दोस्रो हाफमा थप एक गोल गर्दै वडा नम्बर ८ ले अग्रता लिएता पनि थप दुई गोल गर्दै वडा नम्बर १ ले ३–२ को जीत निकालेको हो ।

वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी उचालेको वडा नम्बर १ का गोलकिपर जीवन घर्तीमगरले बेष्ट किपर, वडा नम्बर ८ का भरत विकले वेस्ट प्लेयर र खेलअवधिमा ५ गोल गरेका धनबहादुर चदराले हाइ स्कोररको उपाधी प्राप्त गरेकाछन् ।