स्वच्छ छवि भएका मन्त्री तिलकरामको परीक्षा


स्वच्छ छवि भएका मन्त्री तिलकरामको परीक्षा

बर्दिया २५ असोज : २०२४ सालमा बुवा जागेश्वर उपाध्याय र नर्वदा उपाध्यायको दोस्रो सन्तान छोराहरुमा पहिलो सन्तानको रुपमा जन्मिएका तिलकराम शर्मा लामो राजनीति संघर्ष जेलनेल हुदैँ आईतबार लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको रुपमा सपथ ग्रहण गरे ।

१६ वर्षको कलिलो उमेर २०४० साल देखि नै शहिद भानु आचार्यबाट मोटो मसालको सदस्यता लिइ राजनीति यात्रा सुरु गरेका शर्माले विभिन्न कालखण्डमा एकिकरण हुँदै २०५२ सालमा भूमिगत भई जनयुद्ध छेडेको बेला पार्टिका क्रियाशिलको रुपमा अगाडि बढदै जाँदा भेरी कर्णाली व्यूरो बनेकै बेला पार्टिको काम विशेषले २०५६ सालमा कैलाली आएका शर्मा पक्राउ परे ।

उनले २०५६ सालदेखि २०६१ सालसम्म जेल जीवन विताए । तत्कालिन अवस्थामा शाहि नेपाल सेना, नेपाल प्रहरी र शसश्त्र प्रहरीको यातना कुटाई सहदै कष्टकर जेल जिवन अंगालेका शर्मा २०६१ सालमा तत्कालिन माओवादिले कैलालीको धनगढि स्थित कारागारमा आक्रमण गरी शर्मालाई जेल ब्रेक गराएको थियो ।

बागलुङ्ग जन्मस्थान भएपनि बर्दियालाई कर्मथलो बनाएका शर्माले बर्दिया जिल्लाको ईन्चार्जको जिम्मेवारी निभाउदैँ केन्द्रिय सदस्य समेत बने । शर्माले २०४५ सालमा कैलालीकी सरलादेवि उपाध्यायसंग विवाह गरे । शर्माका हाल श्रीमति र दुई छोरा छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

सरल, स्वच्छ, सादाजिवन तथा इमानदारीको नमुना बनाएका शर्मा कम्ष्युनिष्ट पार्टिका लागी मात्र होइन अन्य पार्टिका लागी पनि उदाहरणीय बन्न सफल भएका छन् । राजनीतिमा केन्द्रिय स्तरका नेताहरुसंग सम्बन्ध हुनेले राम्रो कमाईसंगै काठमाण्डौदेखि नेपालगन्ज लगायतका अन्य स्थानमा घरघडेरी जोडेका हुन्छन् । उनीहरुले आरामदायी जिवन बिताइरहेका बेला शर्मा भने प्रदेश सभा सदस्य भएपनि उनमा त्यस्तो लोभ, लालच र स्वार्थ पाइएन ।

जनताको काम भनेपछि परिवारलाई टाढा राखेर अहोरात्र खटिने बानीले शर्मालाई एउटा सवल ईमानदार स्वच्छ छविको नेताको रुपमा परिचित गराएको छ । त्यसो त माओवादीका नेतामात्र होइन कार्यकर्ता समेत कुनै समय आफ्नो कुरा धेरै बोलेर भएपनि माथि पार्ने गर्दथे तर, तिलक शर्माका त्यो अगुण थिएन । उनी सबैका कुरा सुन्ने थारै बोल्ने नेता मध्येका मानिन्छन् ।

बर्दियामा माओबादिभित्र मात्र होइन अन्य पार्टिका नेता भन्दा फरक छन् । उनको नरम स्वभाव, सरल तथा ब्यवहारिक बानीका कारण सबैको प्रिय बन्दै गएका हुन् । जिल्ला अन्य पार्टिका नेताहरु कोहि भ्रष्टाचार गरेको आफु मन्त्री भएको बेला छोरा छोरीलाई जागिर खुवाएको कसैले काठमाण्डौ तथा नेपालगन्जमा घरघडेरी जोडेको समाचार आएपनि शर्माले आफनो इमानदारीतामा कहि कतै दाग लाग्न दिएनन् ।

लामो राजनीतिक यात्रामा अहिलेको जोखिमपुर्ण अवस्थामा लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भएपछि यो छोटो समयमा थप केहि काम गरेर देखाउने चुनौती शर्माको काँधमा आइपरेको छ ।

यद्यपी नेपाली राजनीतिमा लामो कार्य अनुभव बटुलेका शर्मा मन्त्रीबाट आफूलाई झन् सशक्त र बलियो बनाउँदै जनभावना अनुरुप कार्य सम्पादन गरि सफल बन्ने कसीमा अडिएकाले उनले पाएको पद र जिम्मेवारीको परीक्षामा उनी पास हुनेमा निश्चिन्त रहेको बताउँछन् ।