नेपालगन्ज १ कार्तिक : साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५–५ लाख रुपैयाँ उपलब्ध गराइने भएकोछ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साफ च्याम्पियसिपको उपविजेता बनेको नेपाली फुटबल टोलीका खेलाडीहरुलाई जनही ५/५ लाख र प्रशिक्षकहरुलाई ३–३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको हो ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार उक्त रकम प्रदान गरिने भएकोछ । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर, फाइनलमा भारतसँग ३–० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।
यसैबीच नेपाली फुटबल टोली सोमबार मात्र नेपाल फर्किएको थियो । नेपाल फर्किएको नेपाली फुटबल टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भब्य स्वागत गरिएको थियो ।
साफको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको हो ।
साफ च्याम्पियनसिपका लागि नेपाली टोली गत भदौ २५ गते कतार गएको थियो । कतारमा मैत्रीपूर्ण खेल र अभ्यासपछि टोली असोज ११ गते मालदिभ्स पुगेको थियो । साफ च्याम्पियनसिपमा नेपालले पहिलोपटक लगातार दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले हराएको थियो ।
तेस्रो खेलमा भने भारतसँगै १–० ले हारेको नेपाली टोलीले लिग चरणको अन्तिम खेलमा बंगलादेशलाई १–१ को बराबरीमा रोक्दै पहिलोपटक साफको फाइनलमा पुगेको थियो ।
अहिले स्वदेश फर्किएको फुटबल टोलीमा मुख्य प्रशिक्षक अब्ब्दुल्लाह अलमुताइरी र रोहित चन्द भने छैनन् । मुख्य प्रशिक्षक अलमुताईरीले बगंलादेशसँगको खेलपछि नै नेपाल नर्फिकने भन्दै राजीनामा दिएका थिए भने इन्डोनेसियामा व्यावसायिक लिग खेलिरहेका रोहित उतैबाट जकार्ता गएका हुन् । तर, साफको फाइनलपछि अलमुताईरीले आफूलाई केही समयको विश्राम चाहिएको भन्दै पछि मात्रै यस विषयमा निर्णय लिने बताएका छन् ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’