‘किसानलाई प्रदेश सरकारले राहत दिन्छ’ : वनमन्त्री हमाल


‘किसानलाई प्रदेश सरकारले राहत दिन्छ’ : वनमन्त्री हमाल

नेपालगन्ज ५ कार्तिक : नवनियुक्त लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई राहत उपलब्ध गराउने बताएकाछन् ।

नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–३ ले शुक्रबार बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री हमालले यस्तो बताएका हुन् ।

‘अविरल बर्षाका कारण प्रभावित किसानलाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउँछ,’ उनले भने ‘किसानलाई परेको पीडामा प्रदेश सरकारले मल्हम लगाउन चाहन्छ ।’

हमालले नेपालगन्ज वडा नम्बर–३ सँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको भन्दै उक्त वडाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जामा मस्जिदमा आयोजित कार्यक्रममा वडाअध्यक्ष मोहम्मद अयुव सिद्धिकीले स्वागत तथा सम्मान गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

वडाअध्यक्ष सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको बताए । वडाको समग्र विकास निर्माणका लागि उनले हमाललाई मागपत्र बुझाएका थिए ।