नेपालगन्ज ५ कार्तिक : नवनियुक्त लुम्बिनी प्रदेशका वन, वतावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले वर्षाका कारण क्षति ब्यहोरेका किसानलाई राहत उपलब्ध गराउने बताएकाछन् ।
नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–३ ले शुक्रबार बिहान आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै वनमन्त्री हमालले यस्तो बताएका हुन् ।
‘अविरल बर्षाका कारण प्रभावित किसानलाई प्रदेश सरकारले तत्काल राहत उपलब्ध गराउँछ,’ उनले भने ‘किसानलाई परेको पीडामा प्रदेश सरकारले मल्हम लगाउन चाहन्छ ।’
हमालले नेपालगन्ज वडा नम्बर–३ सँग आफ्नो भावनात्मक सम्बन्ध जोडिएको भन्दै उक्त वडाको विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । जामा मस्जिदमा आयोजित कार्यक्रममा वडाअध्यक्ष मोहम्मद अयुव सिद्धिकीले स्वागत तथा सम्मान गरेका थिए ।
वडाअध्यक्ष सिद्धिकीले हमाल मन्त्री भएपछि वडाबासी हर्षित भएको बताए । वडाको समग्र विकास निर्माणका लागि उनले हमाललाई मागपत्र बुझाएका थिए ।
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे