नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’– नेपालगन्जमा हुने


नेपालकै पहिलो ‘वेष्टर्न टुरिजम मार्ट’– नेपालगन्जमा हुने

नेपालगन्ज ७ कार्तिकः नेपालमै पहिलोपटक नेपालगञ्जमा पर्यटन मेला ‘अर्थात‘वेस्टर्न टुरिजम मार्ट २०२१’ सञ्चाचालन गरिने भएको छ ।

ट्रन्जीट सिटी अर्थात सद्भावको शहरको रुपमा परिचित नेपालगन्जमा आगामी आगामी मंसिर २८ देखि पौष १ गते सम्म पर्यटन मार्ट सञ्चालन गर्न लागिएको हो । नेपालको सातै प्रदेशका पर्यटकीय गन्तब्यहरुको समानुपातिक प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने, मुलुकमा कुल पर्यटन आगमनमा बृद्धि गर्ने, कोभिड–१९ पछिको पर्यटनको पुर्नउत्थानको लागि ठोस् पहल कदम, पर्यटन क्षेत्रमा कार्यरत सम्पूर्ण निकायलाई परिचालन गर्ने, पर्यटनका गतिविधीलाई देशका विभिन्न स्थानसम्म पुर्याउने लगायत मुख्य उद्देश्यले टुरिजम मार्ट सञ्चालन गर्न लागिएको शनिवार नेपालगन्जमा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनका प्रमुख अतिथी एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षण मन्त्री सुरेन्द्र हमालले नेपाल र नेपालीको आर्थिक उन्नती गर्नमा पर्यटन ब्यवसायले ठुलो योगदान पुर्याएको बताए । प्रदेशमा आफ्नै दलका पर्यटनमन्त्री रहेकाले नेपालगन्जमा हुने पर्यटन मार्ट सफल पार्नका लागि सहजीकरण गर्ने प्रतिबद्धता जनाए । उनले भने, –‘यस विषयमा गम्भीर भएर लुम्वीनी प्रदेशका पर्यटन मन्त्री डिल्ली चौधरीसँग कुरा राख्नेछु ।’

यसैगरी लुम्बिनी प्रदेशका सांसद कृष्णा केसी ‘नमुना’ले नेपालगन्जलाई टुरिजम हब बनाउनका लागि सबै राजनीतिक दलको ऐक्यवद्धता आवश्यक रहेको बताइन् । ‘ऐक्यवतना सबैको हुन्छ कि हुदैन मुख्य कुरा त्यो हो, हाम्रा धेरै यस्ता कार्यक्रम भए, तर कार्यक्रमै सिमित हुनेगरेकाछन्,’ उनले भनिन् ‘बाहिर आउँदा फेरी राजनीतिक रुप देखाइहाल्ने प्रवृत्ती छ ।’

Kids Festival 2022
kanti aarogya hospital

नाटा बाँके नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिक्देलको अध्यक्षतामा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै नेपाल पर्यटन बोडका कार्यकारी अधिकृत डाक्टर धनन्जय रेग्मीले नेपालको भविष्य वर्डर टुरिजममा रहेको दावी गरे । भारतसँग जोडिएको सबै नाकाबाट सहज रुपमा पर्यटक भित्र्याउन सके नेपालको कुल जनसंख्या भन्दा बढी पर्यटकको संख्या हुने उनको दाबी छ ।

नेपालको सीमासँग जोडिएका भारतका शहरमा ३५ करोड जनसंख्या रहेको बताउँदै उनले भने– ‘आज नेपालको विकासको संभावना सिमासँग जोडिएका भारतका शहरहरुलाई प्राथमिता राख्नु नै हो, त्यसैलाई आधार मानेर पर्यटन वोर्डले यस बर्ष नेपालको तराईमा गर्ने गरि सातवटा पर्यटन मार्ट गर्ने निर्णय गरेको छ त्योे मध्यमा पहिलो मार्ट नेपालगन्जमा गर्न गईरहेका छौं ।’

अन्तराष्ट्रिय पर्यटकको तुलनामा भारतीय पर्यटकले बढी खर्च गर्ने जानकारी दिँदै उनले अव गोरा पर्यटकलाई मात्र ताक्ने परम्परालाई तोड्न आवश्यक रहेको उनले बताए । उनले भने –‘अन्तराष्ट्रिय पर्यटकले दैनिक रुपमा ४६ डलर खर्च गर्छ भने भारतीय पर्यटकले ४९ डलर सम्म खर्च गरेको विवरण देखिन्छ त्यसैले भारतीय पर्यटकलाई नै प्राथमिकता दिन आवश्यक छ ।’

नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डाक्टर धवलसम्शेर राणाले मुलुकको चार खम्बा मध्ये टुरिजम पनि एउटा खम्ब भएको बताए । ‘यहाँ हामीले टुरिजमको सम्भावनाहरु पनि अगाडी सारेका छौं, दुई वटा ठुला ताल बनिसकेको छ, तमाम वाटरपार्क र राम्रा होटल बनेका छन्,’ राणाले भने ।

पर्यटन मार्टबारे जानकारी दिँदै नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुँदै आईरहेको टुरिजमट्राभल मार्ट नेपालगन्जमा पहिलोपटक गर्न लागेको बताए । पर्यटन मार्टमा एक सयवटा स्टल रहने जानकारी गराँदै उनले भने – ‘पर्यटन मेलाको मुख्य उद्देश्य आन्तरिक पर्यटन पवद्र्धन गर्ने हो तरपनि भूटन, श्रीलंका, बंगलादेश र भारतका पर्यटन ब्यावसायीलाई पनि स्थान दिसकिन्छ ।’

करिव दुई करोड लागतमा सञ्चालन गर्न सकिने टुरिजम मार्टकालागि नेपाल पर्यटवोर्डले मात्र खर्च धन्न सक्ने अवस्था नरहेको बताउँदै उनले यसकालागि सबै तहका सकारले सहयोग गरे मात्र सफल हुने उल्लेख गरे । अनुमानित लागत दुई करोड भोज भतेरकालागि हेईन, कार्यक्रम सञ्चालनमै खर्च हुन्छ उनले भने,–‘त्यस बाहेक नेपालगञ्ज आउने पर्यटकलाई अन्य होटेलले क्षमता अनुसार तीन दिन सम्म बस्ने ब्यवस्था गर्नै पर्छ, यो कार्यक्रम प्रत्येक बर्ष आयोजना गर्नेगरि स्थापित गर्नु छ भने पाहुना बसालेको खर्च चाहिन्छ भन्न पाईदैन ।’ टुरिजम मार्ट सञ्चालनका लागि नेपालगन्जका होटेलहरु छनौट गर्ने क्रममा रहेको जानकारी गराँदै नाटाका अध्यक्ष गुरागाईले हाल सम्म सिद्धार्थ भ्यू र मेरो प्लानेट उपयुक्त देखिएको बताए । स्टलहरुमा सबै जातजातिको परम्परागत भेष भूषा, नेपाली हस्तकलाका सामाग्री, यार्सागुम्बा, नेपाली हन्नी, देशभरीका ट्राभेलिङ, एरलाईन्स, टुर एण्ड ट्राभल्स, होटेल,बन्जीङ, एडभेचर, धार्मिक पर्यटनलगायतलाई बिशेष प्राथमिकता दिईले अध्यक्ष गुरागाईले बताए ।

नाट्टा बाँके नेपालगन्ज च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलले नेपालगन्जमा वेष्टर्न टुरिजम मार्टमार्फत देश–विदेशका पर्यटनकर्मी, विदेशका टुरिजम बोर्डलाई नेपाल ल्याएर नेपालगन्ज र नेपलागन्ज वरपर चिनाउन सकेमा यहाँको पर्यटन क्षेत्र मात्र नभई हरेक क्षेत्रलाई चलायमान गराउन सकिने बताए । उनले भने– ‘नेपालगन्जबासीको सर्मथन र सहयोग रह्यो भने नेपालकै उत्कृष्ठ टुरिजम मार्ट बनाउने क्षमता हामी नेपालगन्जका पर्यटनकर्मी साथीहरुको छ ।’ पत्रकार सम्मेलनमा नेपालगन्ज उपमहानगरपालिकाका नगर उप–प्रमुख उमा थापामगर लगायत एयरलाइन्स कम्पनी, होटल ब्यवसायी, पर्यटन क्षेत्रका प्रतिनिधी, नेपालगन्ज र भारतीय पत्रकार लगायतको उपस्थिती रहेको थियो ।