राप्ती नदीमा हामफालेर गर्भवती महिलाले गरिन् देह त्याग


राप्ती नदीमा हामफालेर गर्भवती महिलाले गरिन् देह त्याग

सांकेतिक तस्विर

नेपालगन्ज ९ कार्तिक : श्रीमानसँग झगडा भएपछि बाँकेको राप्तीसोनारीमा एक गर्भवती महिलाले नदीमा हाम फलेर देह त्याग गरेकीछन् ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ३ साहीपुरकी २० बर्षीया दिपा थारुले अगैया स्थित सिक्टा सिँचाईको बाँधबाट गएराति २ बजे हाम फालेर देह त्याग गरेकी हुन् ।

आईतबारसाँझ छिमेकी गाउँमा पूजा भईरहेको भन्दै गीताका श्रीमान जोगीराम थारुले साथीहरुसँग पूजामा जानलाग्दा दिपाले नजान आग्रहगरेपछि श्रीमान–श्रीमतीवीचमा सामान्य झगडा भएको पारिवारिक श्रोतले बताएको छ ।

दिपाका श्रीमान अटेरी गरेर पूजामा गएपछि दिपा घरबाट निस्किएर अगैया पुलमा छु भन्दै श्रीमानलाई फोन गरेर लिन बोलाएको र श्रीमान तुरुन्त मोटरसाईकल लिएर जाँदा श्रीमानको आँखा अगाडी पुलबाट हामफालेको दिपाका श्रीमानसँग गएका प्रत्यक्षदर्शीहरुले बताएको राप्ती सोनारी– ३ का वडाअध्यक्ष गंगाराम थारुले जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

दिपाले नदीमा हाम फालेसँगै उनका श्रीमानले बचाउनका लागि पुलको ढोकामा लगाईएको फलामको डोरीको सहायताले पानीमा पसेर खोजेपनि दिपा नभेटिएपछि सोमबार विहान स्थानीयबासी र प्रहरीले उनको शव निकालेको वडा अध्यक्ष थारुले बताए ।

दिपा साढे ८ महिनाकी गर्भवती रहेको बताईएको छ । घटनापछि अनुसन्धानका लागि दिपाका २३ वर्षीय श्रीमान जोगीराम थारुलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।

दिपाको शव भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टम गरिसकेपछि परिवारलाई बुझाईने र घटनाको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय कोहलपुरबाट हुने डिएसपी मधुसुदन न्यौपानेले बताए ।