सांकेतिक तस्विर
नेपालगन्ज ९ कार्तिक : श्रीमानसँग झगडा भएपछि बाँकेको राप्तीसोनारीमा एक गर्भवती महिलाले नदीमा हाम फलेर देह त्याग गरेकीछन् ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर– ३ साहीपुरकी २० बर्षीया दिपा थारुले अगैया स्थित सिक्टा सिँचाईको बाँधबाट गएराति २ बजे हाम फालेर देह त्याग गरेकी हुन् ।
आईतबारसाँझ छिमेकी गाउँमा पूजा भईरहेको भन्दै गीताका श्रीमान जोगीराम थारुले साथीहरुसँग पूजामा जानलाग्दा दिपाले नजान आग्रहगरेपछि श्रीमान–श्रीमतीवीचमा सामान्य झगडा भएको पारिवारिक श्रोतले बताएको छ ।
दिपाका श्रीमान अटेरी गरेर पूजामा गएपछि दिपा घरबाट निस्किएर अगैया पुलमा छु भन्दै श्रीमानलाई फोन गरेर लिन बोलाएको र श्रीमान तुरुन्त मोटरसाईकल लिएर जाँदा श्रीमानको आँखा अगाडी पुलबाट हामफालेको दिपाका श्रीमानसँग गएका प्रत्यक्षदर्शीहरुले बताएको राप्ती सोनारी– ३ का वडाअध्यक्ष गंगाराम थारुले जानकारी दिए ।
दिपाले नदीमा हाम फालेसँगै उनका श्रीमानले बचाउनका लागि पुलको ढोकामा लगाईएको फलामको डोरीको सहायताले पानीमा पसेर खोजेपनि दिपा नभेटिएपछि सोमबार विहान स्थानीयबासी र प्रहरीले उनको शव निकालेको वडा अध्यक्ष थारुले बताए ।
दिपा साढे ८ महिनाकी गर्भवती रहेको बताईएको छ । घटनापछि अनुसन्धानका लागि दिपाका २३ वर्षीय श्रीमान जोगीराम थारुलाई नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
दिपाको शव भेरी अस्पताल नेपालगन्जमा पोष्टमार्टम गरिसकेपछि परिवारलाई बुझाईने र घटनाको थप अनुसन्धान ईलाका प्रहरी कार्यालय कोहलपुरबाट हुने डिएसपी मधुसुदन न्यौपानेले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही