बझाङ ११ कार्तिक : थलारा गाउँपालिकामा पहिरोमा परी बेपत्ता भएका १९ जना भेटिने सम्भावना न्यून हुँदै गएको छ । बेपत्ताको खोजी गर्न गएको प्रहरी टोली फिर्ता भएको छ ।
यही कात्तिक पहिलो साता थलारा–४ डिक्लामा पहिरोमा परी दुई परिवारका २३ जना बेपत्ता भएका थिए । बेपत्तामध्ये चार जनाको मात्र शव फेला परेको थियो भने दुई जनाको कम्मरभन्दा मुनिको भाग मात्रै भेटिएको थियो । आठ दिनसम्म लगातार खोजी गरे पनि शव नभेटिएपछि प्रहरीले खोजी कार्य बन्द गरेको छ ।
घटना लगत्तै प्रहरी टोली हेलिकप्टरमा गएर खोजीकार्य अघि बढाएको थियो । प्रहरी नायव उपरीक्षक रुपक खड्काले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले प्रयास गरेपनि बेपत्ता व्यक्ति भेटाउन नसकेको बताए ।
‘जिउँदै होलान भन्ने आशा छैन । अब भेटिने सम्भावना नदेखेर प्रहरी टोली फर्केको छ’, उनले भने । आवश्यक प्रक्रिया पु¥याएर बेपत्ता सबैलाई मृत घोषणा गरिने प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही