नेपालगन्ज १२ कार्तिक : युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गरेका छन् । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहेका उनले शुक्रबार भक्तपुर ठिमीस्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा युवा परिषद्का प्रशासकीय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषद्का सदस्यहरुले मन्त्री अथकलाई फुलगुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद् अन्तर्गतका ६ वटा शाखाको निरीक्षण गरेका हुन् ।
निरीक्षणपछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषद्लाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गरे । ४० प्रतिशत बढी युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहरु तर्जुमा गर्नुपर्ने बताए ।
‘भविष्य बोकेका युवाहरुको मनोविज्ञान तथा भावना बुझेर दिर्घकालीन योजनाको खाका तयार गर्नुहोस्,’ उनले भने ।
कार्यक्रममा युवा तथा खेलकदु मन्त्रालयका निमिक्त सचिव कमलप्रसाद पोखरेल र सहसचिव विष्णुराज ढकालले मन्त्रालयले मन्त्रीका रुपमा उर्जावान ब्यक्ति पाएको भन्दै अहिलेसम्म विविध कारणले रोकिएका र हुन नसकेका महत्वपूर्ण नीतिगत कुरालाई अगाडी बढाउने प्रक्रिया सुरु भएको बताए । उक्त कार्यक्रममा युवा परिषदका प्रशासकीय प्रमुख बाबुराम ढुंगानाले कार्यालयको प्रगती विवरण पेश गरेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’