नेपालगन्ज १३ कार्तिक : धारा सातौं नेपालगन्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने भएका छन् । आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् ।
बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । नेपालगन्ज म्याराथन मंसीर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगन्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएको छ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणको उद्घाटन तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले गरेका थिए । सातौं संस्करण त्यही पार्टीबाट युवा तथा खेलकुद मन्त्री बनेका अथकले गर्दैछन् । माओवादी विस्तृत शान्ति सम्झौताको एउटा पक्ष हो ।
सात हजार मानिसलाई दौडाउने योजना अनुसार नेपालगन्ज म्याराथनको तयारी तीब्रगतिमा भइरहेको छ । नेपालगन्ज म्याराथनको रौनक बढाउन महानायक राजेश हमाल आउँदै छन् । राष्ट्रियस्तरका सबै र विदेशबाटसमेत केही धावक नेपालगन्ज म्याराथनमा दौडिदै छन् । सातै प्रदेशका खेलाडी नेपालगञ्ज म्याराथनमा सहभागी हुँदै छन् । क्रियटिभ ह्याण्डसका अध्यक्ष ठकुरीले नेपालगन्ज म्याराथनमा स्थापित प्रतियोगिता भएकाले सबै राष्ट्रिय खेलाडीको सहभागिता रहने बताए ।
‘युवा तथा खेलकुदमन्त्री अथकले समय दिनु भएको छ । महानायक राजेश हमाल आउँदै हुनुहुन्छ, यसले नेपालगन्ज म्याराथनको रौनक अझ बढाएको छ, अध्यक्ष ठकुरीले भने, नेपालगन्जको पहिचान बढाउने नेपालगन्ज म्याराथनलाई अझ उचाईमा पु¥याउन जिल्लावासीको एकताको खाँचो छ ।’
फूल र हाफ म्याराथनमा सबै राष्ट्रिय खेलाडी दौडिदै छन् । विधागत दौडमा भविष्यका धावकहरु र विद्यार्थीहरुको उत्साहपूर्ण सहभागिता देखिदैछ । ८ देखि १२ वर्ष उमेरका बच्चाहरु, कर्पोरेट र वाकाथनमा शहरका गन्यमान्य व्यक्तित्वले भाग लिदैछन् । नेपालगन्ज म्याराथनमा अपाङ्गता भएकाहरुले पनि प्रतिभा देखाउने मौका पाउदै आएका छन् ।
नेपालगन्ज म्याराथनलाई भब्य र सब्य बनाउन धारा तेल, आशिर्वाद पेन्टस्, शिखर प्लाई, राष्ट्रिय बाणिज्य बैंक, फोन पेको साथ र सहयोग रहेको छ ।
नेपालगन्ज म्याराथनमा गतवर्ष कोरोनाले गर्दा ठूलो उपस्थिति गराइएन । यद्यपि, गतवर्षको नेपालगञ्ज म्याराथन ऐतिहासिक भएको थियो । टोकियो ओलम्पिकको छनोटको रुपमा नेपालगन्ज म्याराथनलाई लिइएको थियो । त्यसअघि तीन हजार सात जना म्याराथनमा दौडिएका थिए । अध्यक्ष ठकुरीले गतवर्ष ईच्छा भएकाहरुलाई सहभागी गराउन नसकेको र यसपाली सात हजारलाई नेपालगञ्जको सुर्खेतरोडमा दौडाउने बताए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’