नेपालगन्ज १३ कार्तिक : बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा जारी जिल्ला ब्यापी पालिकास्तरिय महिला भलिबल प्रतियोगिता अन्तरगत शनिबार भएको खेलमा चार वटा पालिका सेमिफाइनलमा प्रवेश गरेका छन् ।
नेपालगन्ज उपमहानगर, कोहलपुर नगरपालिका, बैजनाथ र राप्तीसोनारी गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहले जानकारी दिए ।
योसँगै जानकी, खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।
शनिवार विहान भएको खेलमा जानकी गाउँपालिकालाई बैजनाथ गाउँपालिकाले सोझो सेटमा पराजित गरेको थियो । त्यसैगरि, कोहलपुरले खजुरा गाउँपालिकालाई पनि सोझो सेटमा पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिवार नै भएको खेलमा राप्तीसोनारीले खजुरालाई र नरैनापुरले जानकीलाई पराजित गरे । दिउँसो भएको खेलमा कोहलपुरले डुडुवालाई र राप्तीसोनारीले पनि डुडुवालाई पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष शाहले बताए ।
यसैगरि, नेपालगन्जले बैजनाथ र नेपालगन्जले नरैनापुर गाउँपालिकालाई पराजित गरि नेपालगन्ज सेमिफाइनलमा प्रवेश गरेको छ । आईतवार चार वटा पालिकावीच सेमिफाइनलका खेल हुने र सोही दिन नै फाइनल खेल हुने राष्ट्रिय एम्पायर प्रकाश शर्माले जानकारी दिए ।
गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् । प्रतियोगिताको फाइनल खेलमा सहभागि भइदिन आयोजकले आग्रह समेत गरेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’