पालिकास्तरीय महिला भलिबल प्रतियोगिता

उपाधीका लागि नेपालगन्ज र कोहलपुर भिड्दै


उपाधीका लागि नेपालगन्ज र कोहलपुर भिड्दै

नेपालगन्ज १३ कार्तिक : बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा जारी जिल्ला ब्यापी पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधीका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबीच प्रतिस्प्रर्धा हुने भएकोछ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहका अनुसार फाइनल खेल दिउँसो २ बजे हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालगन्ज, कोहलपुर, बैजनाथ र राप्तीसोनारी सेमिफाइनलमा प्रवेश गरेका थिए ।

सेमिफाइनलमा प्रवेश भएका यी चारवटा पालिकाबीच आज आईतबार प्रतिस्प्रधा भएको थियो । प्रतिस्प्रधामा कोहलपुर नगरपालिकाले बैजनाथ गाउँपालिकालाई र नेपालगन्ज उपमहानगरपालिकाले राप्ती सोनारी गाउँपालिकालाई हराएका थिए ।

बैजनाथलाई कोहलपुरले र राप्तीसोनारीलाई नेपालगन्जले हराएर फाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको उपाधीका लागि २ बजे प्रतिस्प्रधा हुनेछ भने तेस्रो र सान्त्वनाका लागि बैजानाथ र राप्तीसोनारीबीच यतिबेला प्रतिस्प्रर्धा भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यसअघि जानकी , खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।

गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् । प्रतियोगिताको फाइनल खेलमा सहभागि भइदिन आयोजकले आग्रह समेत गरेकोछ ।