नेपालगन्ज १३ कार्तिक : बाँकेको खजुरास्थित शुक्र भलिबल स्टेडियममा जारी जिल्ला ब्यापी पालिकास्तरीय महिला भलिबल प्रतियोगिताको उपाधीका लागि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबीच प्रतिस्प्रर्धा हुने भएकोछ ।
जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाहका अनुसार फाइनल खेल दिउँसो २ बजे हुनेछ । यसअघि शनिबार भएको खेलमा नेपालगन्ज, कोहलपुर, बैजनाथ र राप्तीसोनारी सेमिफाइनलमा प्रवेश गरेका थिए ।
सेमिफाइनलमा प्रवेश भएका यी चारवटा पालिकाबीच आज आईतबार प्रतिस्प्रधा भएको थियो । प्रतिस्प्रधामा कोहलपुर नगरपालिकाले बैजनाथ गाउँपालिकालाई र नेपालगन्ज उपमहानगरपालिकाले राप्ती सोनारी गाउँपालिकालाई हराएका थिए ।
बैजनाथलाई कोहलपुरले र राप्तीसोनारीलाई नेपालगन्जले हराएर फाइनलमा प्रवेश गरेका हुन् । प्रतियोगिताको उपाधीका लागि २ बजे प्रतिस्प्रधा हुनेछ भने तेस्रो र सान्त्वनाका लागि बैजानाथ र राप्तीसोनारीबीच यतिबेला प्रतिस्प्रर्धा भइरहेको छ ।
यसअघि जानकी , खजुरा, डुडुवा र नरैनापुर गाउँपालिका प्रारम्भिक चरणबाट बाहिरिएका छन् ।
गाउँ–गाउँबाट महिला भलिवल खेलाडी खोजी गरि उत्कृष्ट खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, दोस्रोले ३० हजार, तेस्रोले २० हजार र सान्तवना हुने टीमले १० हजार रुपैँया नगद पुरस्कार र ट्रफी पाउने भएका छन् । प्रतियोगिताको फाइनल खेलमा सहभागि भइदिन आयोजकले आग्रह समेत गरेकोछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’