‘कृतिम’ मालाले धानेको तिहार

‘तिहारको अस्तित्व कृतिममा होइन प्राकृतिकमा छ’


‘कृतिम’ मालाले धानेको तिहार

नेपालगन्ज १८ कार्तिक : नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार हर्षोउल्लासका साथ मनाइदैछ । हरेक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि यमपञ्चक शुरु हुन्छ । यमदीपदान गर्दा ‘यमयातना’बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यस वर्ष बुधबार एकै दिन काग र कुकुर तिहार मनाइयो । यसअघि मङ्गलबार धन्वन्तरि जयन्ती र धनतेरस मनाइएको छ ।

तिहारका कारण नेपालगन्जको बजारमा चहलपहल बाक्लो छ । कोरोना महामारीकाबीच पनि सदरलाईन, एकलैनी, त्रिवेणीमोड, बागेश्वरी टोल, घरबारीटोल, न्यूरोड, त्रिभुवन चोक र धम्बोझी लगायतका क्षेत्रमा तिहारको भाइमसला, टीका, माला, फलफूल लगायतका विभिन्न सरसामान किन्नेहरुको भीड छ ।

तिहार पर्वको लागि चाहिने समानहरु किनमेलसँगै पर्वलाई लक्षित गरी फूल माला, टीका बिभिन्न परिकारहरुले सजिएका पसलहरुले पनि तिहारमा थप रौनकता थपिदिएको छ । तर, पछिल्लो समय तिहार पर्व पनि आधुनिकता बन्न थालेको छ । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले लक्ष्मी पूजा र भाइटिकामा प्रयोग गरिने फूलका मालाको सट्टा ‘कृतिम’ फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्दोछ ।

विशेषगरि नेपालगन्जस्थित बागेश्वरी मन्दिर छेउमा रहेका पसलहरु र सदरलाईन र न्यूरोडमा खोलिएका फुटपातका पसलहरु रंगिबिरंगी ‘कृतिम’ मालाको विक्री वतरण भइहरेकोछ । ब्यापारिले कृतिम मालाले पसल झकिझकाउ पारेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

फुलबाट नबनाइएको यी माला रेशम, प्लाष्टिक र रगिंन कपडाबाट बनाइएका हुन् । कृतिम मालाको व्यापारले मन्दिर क्षेत्रमा चहलपहल बढाएको छ । यसरी बिक्री हुने माला स्वदेशी उत्पादन भने होईनन् । हाल बजारमा उपलब्ध सबै माला भारतबाट आयात गरिएका माला भएको स्थानीय व्यापारि बताउँछन् । यसवर्ष बजारमा भारतबाट आयातित प्लाष्टिकका मालाहरुको दबदबा रहेको व्यापारी स्वयमले स्वीकारेकाछन् ।

ग्राहकहरुको पनि कृतिम मालाप्रति नै आकर्षित हुने गरेका छन् । फुल फुल्ने समयमै चाडपर्व भएपनि बजारमा पाइने यस्ता कृतिम मालाले फुललाई विस्थापन गरिरहेकोछ । तिहारकै अवसरमा ८० देखि एक लाख बढीको माला मात्रै बिक्री हुने गरेको स्थानीय ब्यापारी राहुल गुप्ताले बताए ।

गुप्ताले अघिल्ला वर्षमा पनि फुलका मालाभन्दा भारतीय कृतिम मालाले बजारमा आफ्नो प्रभुत्व जमाएको बताए । यसवर्ष कोरोना महामारीका कारण सिर्जित असहज परिस्थितीले ब्यापार ब्यवसाय त्यती राम्रो नहुने ब्यापारी बताउँछन् ।

स्वेदशमै फुल खेती नहुनेभएपछि फुलमा पनि भारतमै भर पर्नुपर्ने नेपालीको विवसता रहेकोछ । चाडबाड होस्, वा अन्य कुनै कार्यमा प्रयोग हुने फुलका लागि भारतीय उत्पादनमा भरपर्ने बाध्यताले हरेक वर्ष दशैंतिहार जस्ता चाडबाडमा फुल र फुलबाट निर्मित मालाहरु भारतबाटै आउने गरेको छ ।

गाउँघरमा प्रशस्त मात्रामा फूलहरु नपाउनु सँगै फूलहरुको खेती समेत नगर्नुले अहिले बजारमा रहेका कृति मालाहरु प्रयोग बढेको व्यावसायीहरुको तर्क रहेको छ । हिन्दू परम्परा अनुसार हरेक कार्यमा फुलको अनिबार्य नै हुन्छ । अझ फुल विनाको तिहार कल्पना गर्न सकिदैन । तिहारको अस्तित्व कृतिमतामा होईन प्राकृतिकतामा छ ।

मखमली, गोदावरी, सयपत्री र सहजारी लगायतका फुलहरु फुल्ने मौसममै तिहार पर्नु त्यसको प्रमाण हो । तर, आधुनिकता र सहजताका नाममा पछिल्लो समय तिहार लगायतका विभिन्न चाडपर्वमा कृतिमताको प्रभाव बढ्दै गएकोछ । यसले नेपाली मौलिकता पन ह्रास हुनेमा सम्बद्ध सरोकारवालाले चिन्ता ब्यक्त गर्दै आएकाछन् ।

नेपालगन्जका बजारमा रंगिविरंगी सजिएका यस्ता कृतिम माला स्वदेशी उत्पादन नभएर आयातित हुदाँ वर्षेनी कृतिम मालामा लाखौं रुपैयाँ भारत जाने गरेको भन्दै स्वदेशी उत्पादनमा बढावा दिने खालको काम गर्न नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी ओली बताउँछन् ।

जिल्लामा फुलको उत्पादन कम हुने भएकोले फुलका माला कृतिमभन्दा महंगो पनि हुने गरेको छ । यसले किसानलाई फुलको उत्पादन र हस्तकला भएकाहरुका लागि स्वदेशमै कृतिम सामाग्री उत्पादनको सम्भावना देखाएको ओली बताउँछन् । यसवर्षको भाइटीका कार्तिक २० गते परेको छ, भने लक्ष्मी पुजा १८ गते बिहीबार परेको छ ।

कोरोना कहरबीच यस वर्ष नेपालीहरुको दोस्रो ठूलो चाड भाइटिकाको साइत यही कार्तिक २० गते शनिबार विहान ११ बजेर २ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । तिहारको भाइटीकाका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सप्तरंगी टीकाका साथ सगुन, मालाका साथै उपहार दिने गर्छन् । यस्तै दाजुभाइले पनि दिदीबहिनीलाई उपहार दिने प्रचलन रहेको छ ।

तस्विरहरु : विजय मल्ल/रवि कनोजिया : सेतोखरी