कैलाली २५ कार्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासिनता देखाएपछि किसान मर्कामा परेका छन् ।
धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत कम्पनीले धान खरिदको प्रक्रिया अघि नबढाएपछि किसान निरास भएका हुन् । कम्पनीले धान खरिद नगर्दा बेमौसमी बर्षाका कारण क्षति भएर बाँकी रहेको धान किसानको आँगनमै थन्किएको छ ।
हिउँदेबाली लगाउने समय भइसक्दा पनि कम्पनीले धान खरिदका लागि कुनै प्रक्रिया अघि नबढाउँदा किसानले सस्तोमै धान व्यापारीलाई बेच्नुपरेको हो ।
किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ ।
सरकारले मोटा धानको प्रतिक्विन्टल दुई हजार ७ सय ५१ र मध्यम धानको दुई हजार ८ सय ८५ रुपैयाँ दर निर्धारण गरेको छ । तर, किसान अहिले प्रतिक्विन्टल एक हजार २ सय रुपैयाँमा धान बिक्री गर्न बाध्य छन् ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?