खाद्य कम्पनीले धान नकिन्दा सस्तोमा धान बेच्दै किसान


खाद्य कम्पनीले धान नकिन्दा सस्तोमा धान बेच्दै किसान

कैलाली २५ कार्तिक : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड डिपो कार्यालय टीकापुरले नयाँ धान खरिदमा उदासिनता देखाएपछि किसान मर्कामा परेका छन् ।

धानको सिजन सकिएर किसान हिउँदे खेतीको तयारीमा लाग्दासमेत कम्पनीले धान खरिदको प्रक्रिया अघि नबढाएपछि किसान निरास भएका हुन् । कम्पनीले धान खरिद नगर्दा बेमौसमी बर्षाका कारण क्षति भएर बाँकी रहेको धान किसानको आँगनमै थन्किएको छ ।

हिउँदेबाली लगाउने समय भइसक्दा पनि कम्पनीले धान खरिदका लागि कुनै प्रक्रिया अघि नबढाउँदा किसानले सस्तोमै धान व्यापारीलाई बेच्नुपरेको हो ।

किसानले धानखेती सुरु गर्ने समयमै धानको समर्थन मूल्य तोक्ने र त्यो धानलाई खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खरिद गनुपर्ने व्यवस्था छ ।

Kids Festival 2022
kanti aarogya hospital

सरकारले मोटा धानको प्रतिक्विन्टल दुई हजार ७ सय ५१ र मध्यम धानको दुई हजार ८ सय ८५ रुपैयाँ दर निर्धारण गरेको छ । तर, किसान अहिले प्रतिक्विन्टल एक हजार २ सय रुपैयाँमा धान बिक्री गर्न बाध्य छन् ।