एकेडेमीका अमित रावलको ट्रिपल स्वर्ण
नेपालगन्ज २९ कार्तिकः प्रथम एलटीके पौडी प्रतियोगितामा नेपालगन्जको स्प्रिङ डेल एकेडेमीका विद्यार्थी अमित रावलले ३ वटा स्वर्ण पदक जितेका छन् ।
११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण जितेका हुन् । शनिबार एक स्वर्ण जितेका उनले आईतबार थप २ स्वर्ण जित्न सफल भएका थिए ।
राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै विशेष सिंह र सुबाङ बोहराले पनि दुई–दुई स्वर्ण र एक एक रजत पदक जितेका थिए ।
दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका थिए ।
प्रतियोगितामा स्प्रिङ डेल स्कुलका विद्यार्थीले मात्र ६ स्वर्ण, ८ रजत र ४ कास्य गरी जम्मा १८ पदक जितेका थिए । भरतपुर महानगरपालिका ६ देवनगरस्थित लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिट (एलटिके) हवेलीको आयोजनामा भएको प्रतियोगितामा ८ देखि १५ वर्ष उमेर समूहका पुरुष तथा महिला खेलाडीहरु सहभागी थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’