खेलकुदमन्त्री अथकले सातौं नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने


खेलकुदमन्त्री अथकले सातौं नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने

नेपालगन्ज ३ मंसिर : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले शनिबार नेपालगन्जमा हुने सातौं धारा नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने भएकाछन् ।

तीन दिने गृह जिल्ला बाँकेको भ्रमणमा आज(शुक्रबार) निस्किएका खेलकुद मन्त्री अथकले शनिबार नेपालगन्जमा हुने सातौं नेपालगन्ज म्याराथनको उद्घाटनसंगै कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशाला तथा जिल्ला भित्र रहेका खेलकुदका अन्य संरचनाको अवलोकन गर्नुका साथै आफ्नो निर्वाचन क्षेत्रको अनुगमन गर्ने कार्यक्रम समेत रहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital

शुक्रबार बेलुका ६ बजे बुद्ध एयरको प्लेनबाट मन्त्री अथक गृह जिल्ला बाँके आउँदैछन् । आईतबार बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको शिलान्यास गरि सोही दिन उनी काठमाण्डौं फर्किने बताइएकोछ ।

मन्त्रीका रुपमा पहिलो पटक पदभार ग्रहण गरेलगत्तै अथकले कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण गर्ने उद्घोष गरेका थिए ।