राष्ट्रिय कृतिमानीसंगै दौडिदैँ 'नेपालगन्ज'


राष्ट्रिय कृतिमानीसंगै दौडिदैँ 'नेपालगन्ज'

नेपालगन्ज ३ मंसिरः नेपालका विभिन्न राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागितामा शनिबार बिहान नेपालगन्जमा ७ औं धारा नेपालगन्ज म्याराथन आयोजना हुदैँछ ।

२०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिदै नेपालगन्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगन्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा ७ औं धारा नेपालगन्ज म्याराथन हुने भएको हो ।

यसका लागि सम्पूर्ण तयारी भइसकेको र खेलाडी तथा राष्ट्रिय कृतिमानी ब्यक्तित्वहरु नेपालगन्ज आइपुगेको नेपालगन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।

उनका अनुसार यसपटकम्याराथनमा राष्ट्रिय कृतिमानीहरू महानायक राजेश हमाल, पर्वतारोही पूर्णिमा श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठ लगायतका व्यक्तिहरुको सहभागिता रहनेछ । भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले म्याराथनको उद्घाटन गर्नेछन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसपटक म्याराथन(पुरुष) तथा हाफ म्याराथन(महिला)मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने अध्यक्ष ठकुरीले जानकारी गराए । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ । त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् ।

१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् । त्यसैगरि स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।
मुख्य प्रायोजक केएल दुगड ग्रुप, आशीर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक र फोन पेको साथ र सहकार्य रहेकोछ ।