नेपालगन्ज ३ मंसिरः नेपालका विभिन्न राष्ट्रिय कृतिमानी व्यक्तित्वहरुको सहभागितामा शनिबार बिहान नेपालगन्जमा ७ औं धारा नेपालगन्ज म्याराथन आयोजना हुदैँछ ।
२०६३ साल मंसिर ५ गते नेपालमा भएको विस्तृत शान्ती सम्झौता भएको दिनलाई सम्झना र सकारात्मक रुपमा लिदै नेपालगन्जको क्रिएटिभ ह्यान्डसको आयोजना र क्रिएटिभ नेपालगन्ज मिडिया एण्ड इभेन्टसको ब्यवस्थापनमा ७ औं धारा नेपालगन्ज म्याराथन हुने भएको हो ।
यसका लागि सम्पूर्ण तयारी भइसकेको र खेलाडी तथा राष्ट्रिय कृतिमानी ब्यक्तित्वहरु नेपालगन्ज आइपुगेको नेपालगन्ज म्याराथनका संस्थापक÷अध्यक्ष टीएस ठकुरीले जानकारी दिए ।
उनका अनुसार यसपटकम्याराथनमा राष्ट्रिय कृतिमानीहरू महानायक राजेश हमाल, पर्वतारोही पूर्णिमा श्रेष्ठ, साहित्यकार नयनराज पाण्डे, अन्तर्राष्ट्रिय धावक बैकुण्ठ मानन्धर, दीपक श्रेष्ठ लगायतका व्यक्तिहरुको सहभागिता रहनेछ । भने युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले म्याराथनको उद्घाटन गर्नेछन् ।
यसपटक म्याराथन(पुरुष) तथा हाफ म्याराथन(महिला)मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने अध्यक्ष ठकुरीले जानकारी गराए । म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ । त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् ।
१० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् । त्यसैगरि स्कुललेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए ।
त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।
मुख्य प्रायोजक केएल दुगड ग्रुप, आशीर्वाद पेन्ट्स, शिखर प्लाई, राष्ट्रिय वाणिज्य बैंक र फोन पेको साथ र सहकार्य रहेकोछ ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?