नेपालगन्ज खेलकुदको शहर हो, म्याराथनलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ : महानायक हमाल


नेपालगन्ज खेलकुदको शहर हो, म्याराथनलाई अन्तर्राष्ट्रियकरण गरिनुपर्छ : महानायक हमाल

नेपालगन्ज ४ मंसिर : नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन् । सातौं धारा नेपालगन्ज म्याराथनमा आफ्ना भनाई राख्दै महानायक हमालले यस्तो बताएका हुन् ।

महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएकाले यहाँबाट थुप्रै खेलाडी जन्मिएको समेत बताए । खेलकुदको शहर नेपालगन्जले खेलमार्फत विश्वसामु नेपालको पहिचान स्थापित गर्न र चिनाउन ठूलो योगदान दिएको छ उनले भने ।

विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यसपटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खेलकुदको शहर नेपालगन्जमा आएकोमा खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।

म्याराथनका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले झण्डा हल्लाएर तथा महानायक राजेश हमालले सिठ्ठि फुकेर म्याराथनको उद्घाटन गरेका थिए । लगत्तै मन्त्री गहतराज महानायक राजेश हमालसंगै वाकाथनमा सहभागी भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका थिए ।