नेपालगन्ज ४ मंसिर : नेपाली सिनेजगतका महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएको बताएका छन् । सातौं धारा नेपालगन्ज म्याराथनमा आफ्ना भनाई राख्दै महानायक हमालले यस्तो बताएका हुन् ।
महानायक राजेश हमालले नेपालगन्ज खेलकुदको शहर भएकाले यहाँबाट थुप्रै खेलाडी जन्मिएको समेत बताए । खेलकुदको शहर नेपालगन्जले खेलमार्फत विश्वसामु नेपालको पहिचान स्थापित गर्न र चिनाउन ठूलो योगदान दिएको छ उनले भने ।
विगतमा समेत विभिन्न प्रयोजनमा नेपालगन्ज पुगेपनि यसपटक विशेष समारोहमा सहभागी हुन आएको भन्दै हमालले खेलकुदको शहर नेपालगन्जमा आएकोमा खुसी ब्यक्त गरे । स्वास्थ्यसँग सम्बन्धित नेपालगन्ज म्याराथनलाई अन्तराष्ट्रिय स्तरमै स्थापित गराउनुपर्नेमा हमालले जोड दिए ।
म्याराथनका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले झण्डा हल्लाएर तथा महानायक राजेश हमालले सिठ्ठि फुकेर म्याराथनको उद्घाटन गरेका थिए । लगत्तै मन्त्री गहतराज महानायक राजेश हमालसंगै वाकाथनमा सहभागी भएका थिए ।
नेपाली सेनाका पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाही, नम्बर ४ बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, कृतिमानी धावक बैकुण्ठ मानन्धरसहित १९ जनाले २१ किलोमिटर दौडेका थिए ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’