बाँकेको ‘जिरो’मा बम भेटियो


बाँकेको ‘जिरो’मा बम भेटियो

राप्तीसोनारी (बाँके) ५ मंसिर : पुर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको खैरी खोला जंगलमा बेवारिसे अवस्थामा बम भेटिएकोछ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर–२ जिरो भन्ने स्थानमा शनिबार साँझ उक्त बम फेला परेको हो ।

बमजस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीयले सशस्त्र प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै सशस्त्र प्रहरीको शमशेरगञ्ज स्थित प्रहरी बलको युनिटबाट गएको टोलीले बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र राप्तीसोनारी गाउँपालिका–२ खैरीखोला जंगल क्षेत्रमा बेबारिसे अवस्थामा उक्त बम फेला पारेको थियो ।

घटनास्थल पुगेको सशस्त्र प्रहरी बल र बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको राप्तीसोनारी गाउँपालिका–८ ओभरी स्थित नेपाली सेनाको अर्जुनवाण गणको संयुक्त टोलीले शनिबार साँझ उक्त शंकास्पद बस्तु निरीक्षण गरि सकेट बम रहेको पुष्टी गरेको थियो ।

उक्त सकेट बम डिस्फोजका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २० मनिकापुर स्थित नेपाली सेनाको ईमामनगर व्यारेकबाट बम डिस्फोजल टोलीले प्रस्थान गरिसकेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सेनाका अनुसार बम भेटिएको स्थानमा बम डिस्पोजल टोली पुगीसकेको र केहीबेरमा तयारी गरि उक्त सकेट बम डिस्पोज गरिनेछ जनाएकोछ ।

१० वर्षे सशस्त्र द्वन्द्वको समयमा खैरी खोला आसपासमा तत्कालिन विद्रोही पक्ष माओवादी र सुरक्षाकर्मीबीच पटक–पटक भिडन्त हुने गरेको थियो । सोही स्थानमा बेवारिसे बम भेटिएकाले द्वन्द्वकालको समयमा फालिएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

द्वन्द्वको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।