कोहलपुरस्थित महिला एकेडेमीको शिलान्यास


कोहलपुरस्थित महिला एकेडेमीको शिलान्यास

कोहलपुर ५ मंसिर : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ले राष्ट्रिय क्रिकेट महिला एकेडेमीको आईतबार शिलान्यास गरेका छन् ।

कोहलपुर नगरपालिका वडा नम्बर–११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गरेका हुन् ।

मन्त्री नियुक्त भएलगत्तै अथकले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने उद्घाटन गरेका थिए ।

शिलान्यास कार्याक्रममा बोल्दै मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको मुख्य प्राथमिकताका योजना रहेको बताए ।

Kids Festival 2022
kanti aarogya hospital

एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं मन्त्री अथकले आफ्नै कार्यकालमा पुर्वाधार निर्माणको प्रक्रिया सुरु गरीने प्रतिवद्धता व्यक्त गरे ।