डिसेम्बर १ बाट कामदार र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश खुला


डिसेम्बर १ बाट कामदार र विद्यार्थीलाई अस्ट्रेलिया प्रवेश खुला

सिड्नी (अस्ट्रेलिया) ६ मंसिर : कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि अस्ट्रेलिया प्रवेशमा लगाइएको निषेधाज्ञा खुला गरिएकोछ ।

आगामी डिसेम्बर १ तारिखबाट अस्ट्रेलिया प्रवेश खुला गरिएको हो । योसंगै कोरोना विरुद्धको पूर्ण खोप लगाइएकाहरुले यात्रा छुटको लागि आवेदन नदिइ डिसेम्बर १ तारिखदेखि अस्ट्रेलिया प्रवेश गर्न पाउनेछन् ।

यस निर्णयसँगै पर्यटकहरु, दक्ष आप्रवासी, अष्ट्रेलियाबाट बाहिर रहेका र विद्यार्थीहरुका लागि उडानका लागि ढोका खुलेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सोमबार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मेरिसनले दुवै डोज खोप लगाएका जापानी र कोरियाली नागरिकहरूले पनि क्वारेन्टिन बिनानै सोही मितिबाट अस्ट्रेलिया भ्रमण गर्न सक्ने घोषणा गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

२८ खालका भिसाको पूर्ण सूची अस्ट्रेलियाली गृह मन्त्रालयको वेव साइटमा राखिएको जनाइएको छ ।

अस्ट्रेलिया जान खोज्ने हरेकले पूर्ण खोप लगाएको हुनुपर्ने र अस्ट्रेलिया प्रस्थान गरेको तीन दिन भित्रमा पीसीआरको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नाइन न्यूजले जनाएको छ ।

प्रत्येक राज्य र क्षेत्रमा अलअलग निमय भएका कारण न्यू साउथ वेल्स, भिक्टोरिया र अस्ट्रेलियाको राजधानी क्षेत्रमा मात्र यात्रुहरुले क्वारेन्टिन विना उडान भर्न पाउने समाचारमा जनाइएको छ ।