असीस्टेण्ट व्यूटीसियनका लागि तीन महिने निःशुल्क तालिम शुरु


असीस्टेण्ट व्यूटीसियनका लागि तीन महिने निःशुल्क तालिम शुरु

नेपालगन्ज ७ मंसिर : असिस्टेण्ट व्यूटीसियनका लागि नतिजामा आधारित तीन महिने निःशुल्क तालिम नेपालगन्जमा सञ्चालनमा ल्याइएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाको सहयोगमा कस्मोपोलीटन कन्सल्टेण्ट एण्ड टेक्नीकल एजुकेशन सेन्टर प्रालिद्वारा गुड न्यू आईटीसी मार्फत सञ्चालित तीन महिने तालिमको आज नेपालगन्जमा उद्घाटन गरिएको हो ।

उक्त तीन महिने निःशुल्क व्यूटिसियन तालिमको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले उद्घाटन गरेकी हुन् ।

बेरोजगार महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिममा २० जनाको महिलाको सहभागिता रहेको छ । प्रमुख अतिथी शाहले व्यूटीसीयन सीप/कलामार्फत आत्मनिर्भरतासँगै समाजमा आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

गुड न्यू आईटीसीकी सञ्चालिका गीता भण्डारीले ताालिममा दैनिक ५ घण्टाका दरले व्यूटीसीयनका सम्पूर्ण विधामा प्रशिक्षीत गरिने जानकारी दिइन ।

उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका प्रमुख उजीर न्यौपाने, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल घरेलु तथा साना उद्योग समिति बाँके अध्यक्ष सुमीत्रा चौधरी, नेपाल घरेलु तथा साना उद्योग समिति नगर अध्यक्ष डिला शाह लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।