नेपालगन्ज ७ मंसिर : असिस्टेण्ट व्यूटीसियनका लागि नतिजामा आधारित तीन महिने निःशुल्क तालिम नेपालगन्जमा सञ्चालनमा ल्याइएको छ ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय व्यवसायिक शिक्षा तथा तालिम अभिबृद्धि परियोजनाको सहयोगमा कस्मोपोलीटन कन्सल्टेण्ट एण्ड टेक्नीकल एजुकेशन सेन्टर प्रालिद्वारा गुड न्यू आईटीसी मार्फत सञ्चालित तीन महिने तालिमको आज नेपालगन्जमा उद्घाटन गरिएको हो ।
उक्त तीन महिने निःशुल्क व्यूटिसियन तालिमको नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख शोभा शाहले उद्घाटन गरेकी हुन् ।
बेरोजगार महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित तालिममा २० जनाको महिलाको सहभागिता रहेको छ । प्रमुख अतिथी शाहले व्यूटीसीयन सीप/कलामार्फत आत्मनिर्भरतासँगै समाजमा आर्थिक टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
गुड न्यू आईटीसीकी सञ्चालिका गीता भण्डारीले ताालिममा दैनिक ५ घण्टाका दरले व्यूटीसीयनका सम्पूर्ण विधामा प्रशिक्षीत गरिने जानकारी दिइन ।
उद्घाटन समारोहमा नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका प्रमुख उजीर न्यौपाने, पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल घरेलु तथा साना उद्योग समिति बाँके अध्यक्ष सुमीत्रा चौधरी, नेपाल घरेलु तथा साना उद्योग समिति नगर अध्यक्ष डिला शाह लगायतले तालिमको सफलताको शुभकामना दिएका थिए ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?