टी–२० विश्वकप छनोट : नेपालले भुटानलाई ८ विकेटले हरायो


टी–२० विश्वकप छनोट : नेपालले भुटानलाई ८ विकेटले हरायो

नेपालगन्ज ७ मंसिर : आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।

नेपालका ब्याटर ईन्दु वर्मा १८ र कविता जोसी ८ रनमा अविजित रहे । ओपनर सिता रानामगर १७ तथा कप्तान रुविना क्षत्रीले ८ रन थपे । भुटानकी तासी चेकीले १ विकेट झारिन् । त्यसअघि आईसीसी क्रिकेट एकेडेमी २ ग्राउण्डमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

भुटानका ब्याटर न्वाङवाङ चोडेनले १३ र सोनाम बाल्देनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी सीता रानामगरले ३ तथा करुणा भण्डारीले एक विकेट झारिन् । सिताले आफ्नो स्पेलमा १० रन खर्चिन् ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो । ६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टि–२० ग्लोबल छनोटमा स्थान बनाउँनेछ ।