नेपालगन्ज ७ मंसिर : आईसीसी टी–ट्वान्टी विश्वकप छनोटअन्तर्गतको दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो । भुटानले दिएको ६२ रनको झिनो लक्ष्य नेपालले ८ दशमलव ३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
नेपालका ब्याटर ईन्दु वर्मा १८ र कविता जोसी ८ रनमा अविजित रहे । ओपनर सिता रानामगर १७ तथा कप्तान रुविना क्षत्रीले ८ रन थपे । भुटानकी तासी चेकीले १ विकेट झारिन् । त्यसअघि आईसीसी क्रिकेट एकेडेमी २ ग्राउण्डमा पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो ।
भुटानका ब्याटर न्वाङवाङ चोडेनले १३ र सोनाम बाल्देनले ११ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् । नेपालकी सीता रानामगरले ३ तथा करुणा भण्डारीले एक विकेट झारिन् । सिताले आफ्नो स्पेलमा १० रन खर्चिन् ।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । भुटानले भने पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको थियो । ६ टोली सम्मिलित छनोट प्रतियोगिताको विजेताले सन् २०२२ मा हुने महिला टि–२० ग्लोबल छनोटमा स्थान बनाउँनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’