अष्ट्रेलिया र जापानको सीमा खुला भएपछि १२ हजार विद्यार्थी जाने तयारीमा


अष्ट्रेलिया र जापानको सीमा खुला भएपछि १२ हजार विद्यार्थी जाने तयारीमा

नेपालगन्ज ८ मंसिर  : कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहेको अष्ट्रेलिया र जापानको सीमा खुला गरिएकोछ । अष्ट्रेलिया र जापानको सीमा खुला भएसंगै त्यहाँ अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थी उत्साहित भएका छन् ।

आगामी डिसेम्बर १ मा अष्ट्रेलिया र जापानले नोभेम्बर ८ तारिखदेखि बन्द गरिएको सीमा खुला गर्ने निर्णय यसअघि गरिसकेकाछन् । सीमा खुलासंगै विद्यार्थीलगायत विभिन्न भिसाअन्तर्गत यात्रा गर्न चाहने यात्रुकालागि आवागमन समेत खुला गर्ने निर्णय यी दुई देशले गरिसकेका छन् ।

यसविच नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरि अष्ट्रेलिया र जापानले सीमा खुला गरेको प्रति खुसी ब्यक्त गरे । इक्यानका अध्यक्ष प्रकाश पाण्डेले भने, ‘जापान र अष्ट्रेलियाको घोषणाले नेपाली विद्यार्थी र शैक्षिक परामर्श व्यवसायीलाई खुशि दिलाएको छ ।’

उनका अनुसार अस्ट्रेलियाको लागि मात्र झण्डै चार हजार नेपाली विद्यार्थीले अध्ययनका लागि भिसा लिएका छन् । वैदेशिक अध्ययनका लागि नेपाली विद्यार्थीको झण्डै सात अर्ब रुपैयाँ लगानी भएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

अस्ट्रेलियामा अध्ययनका लागि भिसा पाएका झण्डै चार हजार र जापानका लागि सीइओ पाएका आठ हजारभन्दा बढी विद्यार्थी उत्साहित भएका हुन् । कोभिडका जोखिमका कारण लामो समयदेखि सीमा बन्द हुँदा कतिपय विद्यार्थी डलरमा शुल्क तिरेर नेपालमै बसेर अनलाईन कक्षा लिन बाध्य भएका थिए ।

जापानका लागि औसत प्रतिविद्यार्थी सात लाख रुपैयाँ बुझाएका छन् । जापानका लागि दुई अर्ब १० करोड रुपैयाँ फसेको छ ।

जापान र अष्ट्रेलियाको नयाँ निर्णयपछि कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप लगाई योग्य भिसा भएका अन्तर्राष्ट्रिय विद्यार्थी, दक्ष, शरणार्थी, मानवीय, अस्थायी र अस्थायी पारिवारिक भिसा भएकासहित यात्रा छुटका लागि आवेदन नगरी ती मुलुकमा जान सक्नेछन् ।

अस्ट्रेलियाका तीनवटा स्टेटबाहेकमा विद्यार्थीले क्वारेन्टिन बस्नुपर्ने नियम छ । न्यू साउथ वेल्स, अस्ट्रेलियन क्यापिटल टेरिटोरी र भिक्टोरिया स्टेटमा जाने पूर्णखोप लगाएकाले क्वारेन्टिनमा बस्न नपर्ने व्यवस्था गरेको छ ।