नेपालगन्जका युवा व्यावसायी विष्ट राखेप सदस्यमा नियुक्त


नेपालगन्जका युवा व्यावसायी विष्ट राखेप सदस्यमा नियुक्त

नेपालगन्ज १० मंसिर : नेपालगन्जका युवा व्यावसायी दीपेन्द्र विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकाछन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज‘अथक’ले विष्टलाई नियुक्त गरेका हुन् ।

राखेपको बोर्ड सदस्यमा विष्ट बाहेक अन्य ७ जनालाई समेत बोर्ड सदस्यमा नियुक्त गरिएकोछ । राखेपको बोर्ड सदस्यमा नियुक्त हुनेमा विष्ट सहित मोहम्मद फाजिल, लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, प्रकाश कुमार कुसारी, बिना नवाछे श्रेष्ठ, अञ्जन धमला र श्रीमान थापा मगर रहेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

मनोनित बोर्ड सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्री गहतराजले मंसिर ३ गते ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।

पदमुक्त भएका मध्य ५ जना बोर्ड सदस्यले उच्च अदालतमा रिट निवेदन समेत दायर गरेका थिए । बिहीबार अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।