नेपालगन्ज १० मंसिर : नेपालगन्जका युवा व्यावसायी दीपेन्द्र विष्ट राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएकाछन् । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज‘अथक’ले विष्टलाई नियुक्त गरेका हुन् ।
राखेपको बोर्ड सदस्यमा विष्ट बाहेक अन्य ७ जनालाई समेत बोर्ड सदस्यमा नियुक्त गरिएकोछ । राखेपको बोर्ड सदस्यमा नियुक्त हुनेमा विष्ट सहित मोहम्मद फाजिल, लामा पेमा डोल्मा, जनक प्रसाद बर्तौला, प्रकाश कुमार कुसारी, बिना नवाछे श्रेष्ठ, अञ्जन धमला र श्रीमान थापा मगर रहेका छन् ।
मनोनित बोर्ड सदस्यले शुक्रबार बिहानै पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्री गहतराजले मंसिर ३ गते ९ जना बोर्ड सदस्यलाई सोधिएको स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै पदमुक्त गर्ने निर्णय गरेका थिए ।
पदमुक्त भएका मध्य ५ जना बोर्ड सदस्यले उच्च अदालतमा रिट निवेदन समेत दायर गरेका थिए । बिहीबार अदालतले बोर्ड सदस्यलाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’