जिल्ला स्तरीय आईटीएफ प्रतियोगितामा ३३० खेलाडी प्रतिस्प्रर्धा गर्ने


जिल्ला स्तरीय आईटीएफ प्रतियोगितामा ३३० खेलाडी प्रतिस्प्रर्धा गर्ने

नेपालगन्ज ११ मंसिर : बाँके जिल्ला तेक्वान्दो संघ (आईटिएफ)ले आगामी मंसिर २४ र २५ गते जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता गर्ने भएकोछ ।

तेक्वान्दो संघ बाँकले शनिबार नेपालगन्ज रंगशालामा पत्रकारको आयोजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेको समन्वय र नेपाल आइटिएफ तेक्वान्दो संघ लुम्बिनी प्रदेशको व्यवस्थापनमा नेपालगन्ज रङ्गशालाको कर्बडहलमा उक्त प्रतियोगिता हुनेछ ।

संघका लुम्बिनी प्रदेश अध्यक्ष वीरेन्द्र शाहीले प्रतियोगितामा बाँके जिल्ला भरका र नेपालगन्जका २३ वटै वडाहरुबाट तीन सय तीस खेलाडीहरुको सहभागी रहने छ । दुई दिन चल्ने प्रतियोगिता सम्पन्न गर्न अनुमानित पाँच लाख ३० हजार रुपैयाँ आवश्यक पर्ने कार्यक्रममा जानकारी दिइयो ।

Kids Festival 2022
kanti aarogya hospital

खेलमा भाग लिन शुल्क नलाग्ने नेपाल आइटिएफ तेक्वान्दो संघ बाँकेका अध्यक्ष रञ्जित गिरीले जानकारी दिए । प्रतियोगितामा आइटिएफ तेक्वान्दोका प्याटन र गेरोगी(फाइट) दुईवटै विद्या समावेश गरिएको छ ।

प्रतियोगितामा २० केजी माथि समुहदेखि ७० केजी मुनी समुहका महिला पुरुष खेलाडीहरुले भाग लिन पाउने छन् । प्रतियोगितामा जित हात पार्न सफल खेलाडीहरुलाई नगद पुरस्कारसहित मेडेल र प्रमाणप्रत्र प्रदान गरिने तेक्वान्दो संघ बाँकेका अध्यक्ष गिरीले बताए ।

बाँके जिल्लाका युवाहरुमा खेलकुदको विकास र विस्तारका लागि एवम् खेलाडीका प्रोत्साहन गर्ने उद्देश्यका साथ जिल्ला स्तरीय प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ ।