नेपालमा ओमिक्रोन भेटिएपछि लकडाउनको हल्ला, तत्काल लकडाउन गरिदैन : मन्त्रालय


नेपालमा ओमिक्रोन भेटिएपछि लकडाउनको हल्ला, तत्काल लकडाउन गरिदैन : मन्त्रालय

नेपालगन्ज २० मंसिर : नेपालमा दुई जना व्यक्तिमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भेटिएपछि यतिबेला सर्वत्र त्रासको वातावरण छाएकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जना व्यक्तिमा नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण भएको पुष्टि गरेकोछ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो । दुबै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए ।

गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो । तर, कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ‘जिन सिक्वेन्सिङ’ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैबीच, कोरोना संक्रमणको नयाँ भेरियन्ट नेपालमा देखिएपछि अब नेपालमा लकडाउन हुने र पहिलेजस्तै जनजीवन अस्तब्यस्त हुने भन्दै सर्वत्र चासो र चिन्ता बढेपछि नेपालमा तत्काल लकडाउनको सम्भावना नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएपछि नेपालमा लकडाउनलाई लिएर धरै चासो व्यक्त गरेका छन् । तर, तत्काल लकडाउन हुने सम्भावना नरहेको मन्त्रालयका सह–प्रवक्ता डाक्टर समीरकुमार अधिकारीले बताए । लकडाउनलाई लिएर हाल सरकारले कुनै पनि निर्णय नगरेको उनले बताए ।

अन्तर्राष्ट्रिय हवाई तथा स्थल नाकाहरुमा यात्रुहरुको आवतजावतलाई व्यवस्थित गर्न सबै यात्रुको नेगेटिभ पीसीआर रिपोर्ट तथा खोपको विवरण अनिवार्य गरिएको र लक्षण देखिएका शंकास्पद सबै यात्रुहरुको एन्टीजेन परीक्षण गर्ने गरिएको मन्त्रालयले जनाएको छ । एन्टीजेन परीक्षणमा पोजेटिभ फेला परेका नमूनाहरुको संकलन गरी पीसीआर गर्ने र शंकास्पद नमूनाको जीन सिक्वेन्सिङ गर्ने गरिएको उनले बताए ।

नेपालमा ओमिक्रोनको निगरानीका लागि सर्भिलेन्स तथा कन्ट्याक ट्रेसिङ्गको कार्यलाई थप प्रभावकारी बनाइएको उनले बताए । जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्न मन्त्रालयले सबैलाई आग्रह समेत गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन