नेपालगन्ज २१ मंसिर : भ्रष्टाचार बिरुद्ध नेपालगन्ज वाकाथनको टिसर्ट सार्वजनिक गरिएको छ । भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा डिसेम्वर ९ (मंसिर २३ गते) बास नेपालको आयोजना तथा अन्तराल नेपालगन्जको व्यवस्थापनमा हुने सो कार्यक्रमको टिसर्ट आज सार्वजनिक गरिएको हो ।
बास नेपालका अध्यक्ष रमेश सिटौला, उपााध्यक्ष लुना बुढाथोकी, महासचिव शिव कुमार बर्मा, कार्यकारी निर्देशक नमस्कार शाह लगायतले टिसर्ट सार्वजनिक गरेका हुन् । टिसर्टमा नेपालगन्ज वाकाथनको लोगो र ‘भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं’ भन्ने सन्देश उल्लेखित रहेको छ ।
आयोजक संस्था बासका अनुसार, पश्चिम नेपालमा पहिलो पटक हुन थालेको वाकाथनको मूख्य उद्देश्य भ्रष्टाचार बिरुद्ध सचेतना जगाउने हो । वाकाथनको अर्थ पैदल यात्रा हुन्छ । कुनै निश्चित उद्देश्य लिएर ठूलो जनसमुदायको सहभागितामा निश्चित दूरी पार गर्नुलाई वाकाथन भनिन्छ ।
२००३ डिसेम्बर ९ मा संयुक्त राष्ट्रसंघीय महासभाबाट भ्रष्टाचार बिरुद्ध संयुक्त राष्ट्रसंघीय महासन्धि पारित भएको थियो । कुल १३४ राष्ट्रले हस्ताक्षर गरि महासन्धि पारित गरेको दिनलाई भ्रष्टाचार बिरुद्ध अन्तराष्ट्रिय दिवसको रुपमा बिश्व भर मनाउने गरिएकोछ ।
सोही दिवसको अबसरमा बास नेपालले नेपालगञ्ज वाकाथन गर्ने निर्णय गरेको हो । भ्रष्टाचार बिरुद्ध जागरण ल्याउने र नेपालगञ्जको पहिचानलाई व्यापकता दिने उद्देश्यका साथ आयोजना गर्न थालिएको नेपालगञ्ज वाकाथनको नारा भ्रष्टाचार बिरुद्धका लागि सँगै हिँडौं भन्ने रहेको छ ।
वाकाथन नेपालगन्जको वीपि चोकबाट शुरु भई धम्बोझि चोक, न्यूरोड, सेतु बि.क. चोक हुँदै बौद्ध गुम्वा न्यूरोड अगाडी अगाडी गएर समापन हुनेछ । बालबालिका, महिला, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति लगायत १ हजार बढिको सहभागितामा हुने उक्त वाकाथनमा साँस्कृतिक प्रस्तुती, झाँकी प्रर्दशन, सडक नाटक, पर्चा, पम्लपेट बितरण, बिभिन्न प्रतियोगिता लगायतका गतिविधिहरु गरिनेछन् ।
नेपालगन्ज वाकाथन भव्यताका साथ सफल पार्नका लागि बासका कार्यकारी निर्देशक नमस्कार शाहको संयोजकत्वमा मूल समिति र १५ सदस्यीय समिति सक्रियताका साथ कार्य गरिरहेका छन् । कार्यक्रममा सहभागि हुन बास नेपालले सबै क्षेत्र, बर्गका व्यक्तिहरुलाई आग्रह गरेको छ भने सहकार्यका लागि समेत सबै सरोकारवालाहरुसँग अपील गरेको छ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’