सिड्नी (अस्ट्रेलिया) २८ मंसिर : कोरोना भाइरस संक्रमणका कारण लामो समयदेखि बन्द रहँदै आएको अष्ट्रेलियको अन्तर्राष्ट्रिय सीमा भोली बुधबार (डिसेम्बर १५) देखि खुल्ने भएको छ । यसअघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सीमाना खुला गर्ने निर्णय गरिसकेको अष्ट्रेलियन सरकारले थप दुई सातापछि अर्थात १५ डिसेम्बरबाट सीमा खोल्न लागेको हो ।
यसअघि जारी गरेको सीमा नीतिमा कुनै परिवर्तन नहुने भन्दै अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बुधबारबाट सीमा खुल्ने जानकारी दिए । कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोनको बारेमा अध्ययन गर्न भन्दै सीमा खोल्ने नीतिलाई दुई साता पछाडि सारेको थियो ।
गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रुअरीसम्म पुनः प्रतिबन्ध लगाउन सकिनेबारे छलफलसमेत भएको थियो । प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे ।
प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने बताएका छन् । अष्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले जानकारी दिए ।
ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउन लगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला स्वास्थ्य मन्त्री ग्रेग हन्टले सुरक्षा सतर्कता अपनाएर कोरोना भाइरसविरूद्ध डटेर लड्ने बताए । उनले समुदायमा व्याप्त रहेको शंका कम गर्न राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको बताए ।
अष्ट्रेलियाका स्वास्थ्य प्रमुख पल केलीले नयाँ भेरिएन्टबारे प्रष्ट हुन दुई सातासम्मको समय लाग्ने जानकारी दिएपछि सीमा खोल्ने समय दुई साता सारिएको हो । हाल मान्यता प्रदान गरिएका कोरोना विरूद्धका खोपहरू ओमिक्रन भेरिएन्टविरूद्ध कति प्रभावकारी हुन्छन् त्यो हेर्न बाँकीनै रहेको मन्त्री हन्टले बताए ।
यसअघि अष्ट्रेलिया सरकारले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो । केही सञ्चार माध्यमले मन्त्रिपरिषदको निर्णयलाई हवाला दिएर फेब्रुअरी महिनासम्म सीमा नखुल्ने भन्दै भ्रम फैलाएका थिए ।
सरकारको पछिल्लो निर्णयसँगै अलमलमा परेका विद्यार्थी र अभिभावक स्पष्ट भएको ओसेनिया एजुकेशन एण्ड भिसा सर्भिसेजका निर्देशक सन्दिप खनालले जानकारी दिए । कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको अष्ट्रेलियाले विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको थियो ।
यस्तै सरकारले अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ । तर अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ । लामो समयको कोरोना महामारीले यसअघि अष्ट्रेलिया भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टिन बस्नुपर्ने नियम थियो । यद्यपी राज्य अनुसार क्वारेन्टिनको नियमभने फरक हुनसक्नेछ ।
अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ । करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन् । त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ ।
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह