खेलाडी कारबाही फुकुवा गर्न खेलकुदमन्त्री महेश्वरको आग्रह


खेलाडी कारबाही फुकुवा गर्न खेलकुदमन्त्री महेश्वरको आग्रह

नेपालगन्ज २ पुष : युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनः बिचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री अथकले कारबाहीको निर्णयमाथी पुनबिचार गर्न आग्रह गरेका हुन् ।

क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै मन्त्री अथकले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताउँदै उनले क्यान र खेलाडीबिच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

खेलकुदमन्त्री अथकले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश प्रवाह गरेको छ । यसले नेपाली खेलकुद र खेलाडीको भविष्यमाथि गहिरो असर पार्ने चिन्ता समेत ब्यक्त गरे ।
मन्त्री अथकले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए ।

सो क्रममा मन्त्री अथकले खेलाडीहरुको बर्गीकरण प्रक्रियाका बिषयमा समेत चासो लिएका थिए । गत मंसिर २९ गते नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो । उक्त निर्णयप्रति मन्त्री अथकले असन्तुष्टि जनाउँदै कारबाहीको निर्णयमाथी पुनः विचार गर्न आग्रह गरेका हुन् ।