नेपालगन्ज १४ पुष : सरकारले हालै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको टोलीलाई पुरस्कृत गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले टोलीका प्रत्येक सदस्यलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।
युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक)को पहलमा मन्त्रीपरिषद्को बैठकले टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५–५ लाख दिने निर्णय भएको हो । यस्तै, दुई प्रशिक्षकलाई जनही ३–३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ दिइने छ ।
नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगेका थिए ।
बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।
सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले लगातार दोस्रोपटक हात पारेको हो । नेपाली भलिबल टीम भोली स्वदेश फर्किँदैछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’