सेन्ट्रल जोन विजेता खेलाडीलाई सरकारले जनही ५–५ लाख दिने


सेन्ट्रल जोन विजेता खेलाडीलाई सरकारले जनही ५–५ लाख दिने

नेपालगन्ज १४ पुष : सरकारले हालै एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि जितेको टोलीलाई पुरस्कृत गर्ने भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले टोलीका प्रत्येक सदस्यलाई नगद पुरस्कार दिने निर्णय गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज(अथक)को पहलमा मन्त्रीपरिषद्को बैठकले टोलीमा रहेका १२ जना खेलाडीलाई जनही ५–५ लाख दिने निर्णय भएको हो । यस्तै, दुई प्रशिक्षकलाई जनही ३–३ लाख र एक अफिसियललाई २ लाख रुपैयाँ दिइने छ ।

नेपाली टिमको जितले गौरब र खुसीको अनुभुती भएको उल्लेख गर्दै मन्त्री अथकले देशको पहिचान र गौरव बढाउने राष्ट्रिय टिमका खेलाडीहरुलाई नगद राशीले पुरस्कृत गर्ने प्रस्ताव मन्त्रीपरिषदको बैठकमा लगेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

बंगलादेशको ढाकामा मंगलबार सम्पन्न भएको फाइनल खेलमा नेपालले उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको थियो ।

सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालले लगातार दोस्रोपटक हात पारेको हो । नेपाली भलिबल टीम भोली स्वदेश फर्किँदैछ ।