नेपालगन्ज २० पुष : अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विद्यालय बन्द गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीका अनुसार आगामी पुष २४ गतेसम्मका लागि उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको हो ।
नेपालगन्ज उपमहानगरपालिकामा मङ्गलबार बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार आगामी पुष २४ गतेसम्म उपमहानगरपालिकाका आधारभूत तह कक्षा १ देखि ५ कक्षासम्मको कक्षा बन्द गरिएको छ ।
‘बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनर साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखि कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।
सेतोखरीले 'बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका' शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार सम्प्रेषण भए लगत्तै बसेको उपमहानगरपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।
थप समाचार
बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?
खुल्यो कृष्णभीर
राजनीतिसँगै उथल-पुथल भएको रेशम-रञ्जिताको ‘प्रेम-कथा’
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन