‘नेपालगन्जका विद्यालय २४ गतेसम्मका लागि बन्द’


‘नेपालगन्जका विद्यालय २४ गतेसम्मका लागि बन्द’

नेपालगन्ज २० पुष : अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाका विद्यालय बन्द गरिएकोछ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीका अनुसार आगामी पुष २४ गतेसम्मका लागि उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा मङ्गलबार बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार आगामी पुष २४ गतेसम्म उपमहानगरपालिकाका आधारभूत तह कक्षा १ देखि ५ कक्षासम्मको कक्षा बन्द गरिएको छ ।

‘बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनर साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखि कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

सेतोखरीले 'बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका' शीर्षकमा समाचार प्रकाशन गरेको थियो । समाचार सम्प्रेषण भए लगत्तै बसेको उपमहानगरपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

थप समाचार

बाक्लो हुस्सु र शीतलहरमा कठ्याङ्ग्रीदै विद्यालय जान्छन् बालबालिका

आईतबारसम्म चिसो अझैं बढ्ने