File Photo
नेपालगन्ज २३ पुष : बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुषको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ‘ए’ र ‘बी’ को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।
नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ ।
दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आईतबार पुष २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’