नेपालगन्जमा जिल्ला स्तरीय नकआउट फुटबल हुँदैं


नेपालगन्जमा जिल्ला स्तरीय नकआउट फुटबल हुँदैं

File Photo

नेपालगन्ज २३ पुष : बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी नेपालगन्जमा बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिता शुरु हुने भएको छ । नेपालगन्ज रंगशालामा हुने प्रतियोगिता पुषको २७ गते सम्म चल्नेछ । प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब रहेका छन । समुह ‘ए’ र ‘बी’ को विजेताले फाइनलमा प्रतिस्पर्धा गर्नेछन ।

Kids Festival 2022
kanti aarogya hospital
add

नेपालगन्ज रंगशालामा हुने प्रतियोगिताको पहिलो दिन दुइ वटा खेल हुने फुटबल प्रशिक्षक सानु तामाङले बताए । पहिलो खेलमा रोयल नेपालगन्ज र सिटी युथ बिच प्रतिस्पर्धा हुनेछ ।

दोस्रो खेल एफसी संघारी र नेपालगन्ज–११ बिच हुनेछ । यसैगरी आईतबार पुष २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।