रोयल र नेपालगन्ज–११ विजयी


रोयल र नेपालगन्ज–११ विजयी

नेपालगन्ज २४ पुष : उमेस रेग्मीको ह्याट्रिकको सहयोगमा रोयल नेपालगन्जले सहज जित निकालेको छ ।

बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगितामा शनिबार नेपालगन्ज रंगशालमा भएको प्रतियोगिताको पहिलो खेलमा रोयल नेपालगन्जले सिटी युथ क्लबमाथि ७–० गोलको जित निकालेको हो ।

सिटी युथ क्लबलाई जित दिलाउन उमेस रेग्मीले ह्याट्रिकको गरे । त्यस्तै संजय थापाले दुई गोल गर्दा सरोज चौधरी र नरेन्द्र ठकुरीले समान एक–एक गोल गरे ।

शनिबार नै भएको दोस्रो खेलमा नेपालगन्ज–११ ले एफसी संघारीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ । निर्धारित समय गोल रहित सकिएपछि खेलको निर्णय पेनाल्टीमार्फत गरिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

जसमा एफसी संघारीमाथि नेपालगन्ज–११ ले ४–३ गोलले बाजि मा¥यो । नेपालगन्ज रंगशालामा भइरहेको प्रतियोगिता पुषको २७ गतेसम्म चल्नेछ ।

प्रतियोगितामा बाँकेका ५ क्लबले प्रतिस्पर्धा गर्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

प्रतियोगिताको समुह ‘ए’ मा रोयल नेपालगन्ज फुटबल क्लब र सिटी युथ क्लब रहेका छन भने समुह ‘बी’ मा नेपालगन्ज–११, एफसी संघारी र सिद्धार्थ युथ क्लब छन ।

यसैगरी आईतबार पुष २५ गते सिद्धार्थ युथ क्लबले एफसी संघारी र नेपालगन्ज–११ बिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।