नेपालगन्ज २५ पुष : नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नेपालगन्ज रङ्गशालामा जारी जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको आईतबार भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।
नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३ औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए ।
खेलको ७७ औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी शुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन् । प्रतियोगिता पुषको २७ गतेसम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ
कालिकोटमा सरकारी जग्गा व्यक्तिकाे नाममा, अख्तियारले दायर गर्याे आठ जनालाई भ्रष्टाचार मुद्दा
रक्सी खाने पैसा नदिएपछि सुर्खेतमा श्रीमतीको हत्या: सांसद बिकले संसदमा भनिन्- ‘लोकल रक्सी’ बन्द गरौं
बाँकेमा दुई कांग्रेस आमने-सामने
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको उडानले नेपालगन्जसम्म आशा
नेपालगन्जमा गोली हानेर प्रहरीले समात्यो भारतीय लागुऔषध कारोबारी