नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा


नेपालगन्ज स्र्पोटिङ क्लब फाइनलमा

नेपालगन्ज २५ पुष : नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

नेपालगन्ज रङ्गशालामा जारी जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको आईतबार भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, बैकल्पिक खेलाडी बिभुसन केसीको सहयोगमा विकास पुनले ६३ औं मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाएका थिए ।

खेलको ७७ औं मिनेटमा बिभुसनले नैं गोल गर्दै नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखी शुरु भएको प्रतियोगितामा बाँकेका ५ क्लबले भाग लिएका छन् । प्रतियोगिता पुषको २७ गतेसम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।