मान्छे खाने बाघ नियन्त्रणका लागि राप्तीपारी भुवरभवानीमा विशेष पूजा


मान्छे खाने बाघ नियन्त्रणका लागि राप्तीपारी भुवरभवानीमा विशेष पूजा

बाघ आक्रमण रोक्न बैजापुरस्थित भुवरभुवानी मन्दिरमा विशेष पूजा गर्दै थारु गुरुवाहरु ।

राप्तीसोनारी (बाँके) २६ पुषः लगातार बाघ आक्रमणको घटना बढ्दै गएपछि बाँकेको बैजापुर स्थित भुवरभवानी मन्दिरमा विशेष खालको पूजा पाठ गरिएको छ । सोमबार राप्तीसोनारी– ३ बैजापुरको बनघुसरीमा रहेको यस क्षेत्रको सबैभन्दा ठूलो शक्ति पिठ भुवरभवानी मन्दिरमा विशेष पुजापाठ गरिएको हो ।

सदियौंदेखि मन्दिरमा पुजापाठ गर्दै आएका थारु गुरुवाहरुले बाघ नियन्त्रणका लागि विशेष खालको पुजा गरेको अगुवा चौधरीया बिष्णुप्रसाद थारुले जानकारी दिए । सोमबार मात्रै विशेष खालको पुजापाठ २ पटक गरिएको जानकारी दिँदै चौधरीया थारुले अब बाघ नियन्त्रण हुने आश्वासनसमेत दिए ।

पुर्खाहरुको भनाईअनुसार आज भन्दा एक सय वर्ष अगाडी मान्छेलाई बाघले खाने गरेको र भुवरभवानी मन्दिर स्थापना गरि पूजापाठ गर्न थालेपछि रोेकिएको हो । विशेष खालको पूजा पाठ गर्ने क्रममा भुलचुक भएको निश्कर्ष निकालिएको छ ।

अगुवा चौधरीया थारुले १०–१० वर्षमा गरिने ठूलो पूजामा भुलचुक भएको र त्रिसुलमा समस्या देखिएको निश्कर्ष गुरुवाहरुले निकालेको उल्लेख गरे । राप्तीसोनारीका करिब २० भन्दा बढी गाउँका अगुवाहरुको उपस्थितिमा विशेष खालको पूजा गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

२०१४ सालमा पक्की मन्दिर बनि ठूलो शक्ति पीठको रुपमा मानिएको भुवरभवानी मन्दिरमा हरेक वर्ष ३ पटक विशेष पूजा पाठ गर्ने गरिएको छ । हरेक वर्ष माघे संक्रान्तिका अवसरमा ठूलो मेलासमेत लाग्ने गरेको छ ।

थप समाचार पढ्नुहोस्

मान्छे खाने बाघ समात्न प्राविधिक टोली आएन, दुई वटा हात्तिबाट बाघ धपाउँदै निकुञ्ज

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए