लायनद्वारा आर्दशका विद्यार्थीलाई पोशाक वितरण


लायनद्वारा आर्दशका विद्यार्थीलाई पोशाक वितरण

नेपालगन्ज २६ पुष : लायन संस्थापक मेल्भिन जोनको १४३ औं जन्मोत्सवका अवसरमा नेपालगन्जको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएकोछ । लायन्स क्लब अफ नेपालगन्ज मिडटाउनको आयोजनामा नेपालगन्जको राँझास्थित आर्दश माविका ३७ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो ।

लायन्स नेपालगन्ज मिडटाउनका अध्यक्ष शारदा बस्नेतको सभापतित्वमा भएको पोशाक वितरणमा लायन्स डिस्ट्रक्ट एडभाइजर मुकुट ढकालको प्रमुख आतिथ्यता रहेको थियो । सोक्रममा लायन एरिया चिफ होमनाथ अधिकारी, लायन पदाधिकारी ज्ञानेन्द्र श्रेष्ठ, पीएलएनएफ अध्यक्ष अजय कनोडिया, मेल्भिन जन्मोत्सव समारोहका संयोजक सञ्जय थापा लगायतको सहभागिता रहेको थियो ।

सोक्रममा पीएलएनएफ अध्यक्ष अजय कनोडिया र मेल्भिन जन्मोत्सव समारोहका संयोजक सञ्जय थापाले व्यक्तिगतरुपमा वार्षिक १०/१० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको मिडटाउनका अध्यक्ष शारदाले जानकारी दिइन् ।
सामाजिक क्षेत्रमा काम गर्दै आएको लायन्स क्लब्स इन्टरनेशनलले क्लब्सका संस्थापक मेल्भीन जोनको जन्मोत्सव साताब्यापी मनाउँदैछ ।

लायन्सका संस्थापक मेल्भीनको १४३ औं जन्मोत्सवका अवसरमा लायन्स क्लब इन्टरनेशल नेपाल डिष्ट्रिक ३२५ बि टू नेपाल एरिया नं. ६ बाँके र बर्दियाको आयोजनामा आगामी माघ १ गतेसम्म विविध कार्यक्रमको आयोजना गरिने छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

सामाजिक सेवाको एक शताब्दी वर्ष पुरा गरिसकेको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब इन्टरनेशल नेपालमा स्थापना भएको पनि ५० वर्ष भई सकेको छ । सामाजिक कार्यमा अग्रणी संस्थाको रुपमा नेपाल भरी आपतकालिन अवस्थामा तत्काल सहयोग लगायत शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सक्रिय संस्थाको रुपमा परिचित छ । देशभरि झण्डै २ हजार क्लब र ५० हजार सदस्यहरु लायन्समा आबद्ध रहेकाछन् ।