कचनापुर आँखा शिविरबाट मोति विन्दुका ३० जना विरामी फत्तेबाल रेफर


कचनापुर आँखा शिविरबाट मोति विन्दुका ३० जना विरामी फत्तेबाल रेफर

कचनापुर(बाँके) २७ पुष : कचनापुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरमा १६० जनाको आँखा जाँच गरिएकोछ ।

आँखा जाँच शिविरमा आएका ३० जनामा मोती बिन्दुको समस्या देखिएकोले फत्तेबाल आँखा अस्पतालमा रेफर गरिएकोछ ।

राप्तीसोनारी गाउँपालिका र फत्तेवाल आँखा अस्पतालको संयुक्त आयोजनामा यतिबेला राप्तीसोनारीमा निःशुल्क आँखा जाच शिविर चलिरहेकोछ ।

यसअघि शिविरको पहिलो दिन हिजो गाउँपालिका अन्तर्गत वडा नम्बर– १ खासकुस्मामा गाउँपालिका अध्यक्ष लाहुराम थारुले शिवरको उद्घाटन गरेका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

खासकुस्मा स्वाथ्य चौकीमा सञ्चालन गरिएको निःशुल्क शिविरमा २०१ जनाले आँखा जाँच गराएको थिए । सो बेला पनि ३८ जनामा मोती विन्दुको समस्या देखिएकाले फत्तेवाल अस्पतालमा रेफर गरिएको फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले बताए ।

थप समाचार

राप्तीसोनारीमा निःशुल्क आँखा शिविर