सरकारले लगायो स्मार्ट लकडाउन, ५० जनाभन्दा बढी जम्मा हुन नपाइने


सरकारले लगायो स्मार्ट लकडाउन, ५० जनाभन्दा बढी जम्मा हुन नपाइने

नेपालगन्ज २ माघ : सरकारले स्मार्ट लकडाउन शुरु गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार धार्मिक कार्य र विवाहमा ५० जनाभन्दा बढी जम्मा हुन नपाइने, सबै प्रकारका जुलुस र भेला हुने क्रियाकलाप माघ मसान्तसम्म सञ्चालन नगर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी बैठक, गोष्ठी भर्चुअलरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ ।

कुनै पनि कार्यक्रम नगरी नहुने अवस्थाको भएमा जनस्वास्थ्यका मापदण्ड पालना गरी एन्टिजेन परीक्षणपछिमात्रै गर्नुपर्ने, सिनेमा हल, डान्सबार, हेल्थक्लब, स्वीमिङ पूल, हाटबजार १५ गतेसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

त्यस्तैगरी विद्यालय, क्याम्पस माघ १५ गतेसम्म भौतिकरुपमा उपस्थित नगर्ने निर्णय गरेको छ । सरकारले कजेज तथा ट्युसन सेन्टरहरु पनि बन्द गर्ने निर्णय गरेको हो । ओमिक्रोन भेरियन्ट नियन्त्रणसम्बन्धी आदेशमा १५ गतेसम्म विश्वविद्यालय, कलेज तथा ट्युसन सेन्टरमा पनि भौतिक उपस्थितिमा पठनपाठन नगर्ने उल्लेख छ ।

मठ मन्दिर, गुम्बालगायतका जनस्वास्थ्यका पालना नित्य पूजामात्रै गर्ने गराउने, सुपरमार्केटमा एकपटकमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय पनि गरेको छ । पार्टी प्यालेसमा बढीमा ५० जनामात्रै हुनुपर्ने व्यवस्था गरेको छ ।

थप समाचार

नेपाली भूभागमा सडक नबनाउन भारतलाई आग्रह