नेपालगन्ज ४ माघ : विश्वमै पहिलो पटक लामो समयसम्म पानीमाथी पद्माशन गरेर नेपाली युवाले विश्व किर्तिमान राख्न सफल भएका छन् ।
वाग्मती प्रदेशका विकर्ण कुमार श्रेष्ठले एक घण्टा ३० मिनेट लगातार पानीमाथी बसेर शिक्षा सम्बन्धि कार्यक्रम सञ्चाल नगरी वल्र्ड बुक अफ रेकर्डमा किर्तिमान दर्ता गराउन सफल भएका हुन् ।
सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले श्रेष्ठलाई वल्र्ड बुक अफ रेकर्डको प्रमाणपत्र प्रदान गरे । मन्त्रीनिवास पुल्चोकमा गरिएको संक्षिप्त कार्यक्रममा श्रेष्ठलाई मन्त्री अथकले विश्व रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका हुन् ।
सोक्रममा मन्त्री अथकले रेकर्ड कायम राख्न सफल श्रेष्ठलाई बधाई तथा शुभकामना दिए । साथै आगामी दिनमा समेत युवाहरुलाई प्रेरीत गर्ने खालका यस्तै गतिविधिमा क्रियाशिल रहन समेत मन्त्री अथकले आग्रह गरे ।
सन् २०२१ अगष्ट २ मा स्कोलाष्टिक फाउण्डेशनले आयोजना गरेको शिक्षा सम्बन्धि कार्यक्रमको सञ्चालनका दौरान श्रेष्ठले ९० मिनेटसम्म पानीमाथी पद्माशन गरेका थिए । यो रेकर्ड विश्वमा नै पहिलो पटक कायम भएको स्कोलाष्टिक फाउण्डेशनका अध्यक्ष प्रज्वल भण्डारीले जानकारी दिए ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व