बर्दियाका पत्रकार शर्मा कोरोना पोजेटिभ, घरमै आइसुलेट


बर्दियाका पत्रकार शर्मा कोरोना पोजेटिभ, घरमै आइसुलेट

गुलरिया (बर्दिया) ५ माघ : बर्दियाका पत्रकार दीपक कुमार शर्मा कोरोना संक्रमित भएकाछन् । कोरोना विरुद्धको दुबै डोज खोप लगाएका पत्रकार शर्मालाई आज कोरोना पुष्टि भएको हो ।

समाचार रिर्पोटिङ्गकै क्रममा ३ दिनअघि अस्वस्थ बनेपछि कोरोनाको शंका लागेर स्वाब जाँच गराँउदा उनमा कोभिड पोेटिभ पाइएको हो ।

नेपालगन्जबाट प्रकाशन हुने सद्भाव राष्ट्रिय दैनिक र सेतोखरी अनलाईनका प्रमुख समाचारदाता रहेका शर्मा कोभिड पोजेटिभ भएसंगै घरमै आइसुलेट भएकाछन् । पत्रकार शर्मा नेपाल पत्रकार महासंघ बर्दियका पूर्व कोषाध्यक्ष समेत हुन भने उनी एविसी टेलिभिजनमा आबद्ध छन् ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर–७, निवासी पत्रकार शर्माले टेलिफोनमा भने–‘केहीदिनदेखि रुघाखोकी लागिरहेको थियो । कामको धपेडी धेरै थियो । सोमबार एक्कासी ज्वोरो बढ्यो, हिजो स्वाद पनि हरायो । आज स्वाब जाँच गराउँदा पोजेटिभ भए ।’

Kids Festival 2022
kanti aarogya hospital

घरमै आइसुलेट भएका पत्रकार शर्माले भने –‘कोभिडको पहिलो र दोस्रो लहरमा जोगिएको थिए तर, ओमिक्रोसंगै तेस्रो लहरको सुरुवातमै संक्रमित भए ।’ उनले अगाडी थपे–‘ज्वोरोसंगै घाँटी बढि दुखेकोछ, शरीर कटकटी खाइरहेकोछ । खोकी पनि बेलाबखत आइरहेकोछ ।’

कोरोना पोजेटिभ पाइएका पत्रकार शर्माको स्वास्थ्य अवस्था सामान्य रहेको छ । पछिल्लो समय बाँके बर्दिया लगायतका क्षेत्रमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेकोछ । कोरोना संक्रमण तीव्ररुपमा फैलिदै गएपछि यसको चेन ब्रेक गर्न आवश्यक स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिनुपर्ने चिकित्सकले सुझाउदै आएकाछन् ।

थप समाचार

कोभिड भ्याक्सिनको दुवै डोज लगाएका नेपालगन्जका पत्रकार दाहाल तेस्रो पटक संक्रमित