राप्तीसोनारीका ५ सय जनामा मोतीविन्दुको समस्या


राप्तीसोनारीका ५ सय जनामा मोतीविन्दुको समस्या

राप्तीसोनारी ७ माघ : बाँकेको राप्ती सोनारी गाउँपालिकामा ५ सय जनालाई मोती विन्दुको समस्या देखिएको छ । गत पौष २६ देखि माघ ७ गते सम्म सञ्चालन गरिएको निशुल्क आँखा शिविरमा ५ सय जनामा मोती विन्दुको समस्या देखिएको हो ।

डाक फाउण्डेशनको सहकार्यमा राप्ती सोनारी गाउँपालिका र पत्तेवाल आँखा अस्पतालको संयुक्त आयोजनामा गाउँपालिका अन्तर्गतका नौ वटै वडामा शिविर सञ्चालन गरिएको थियो ।

गाउँपालिका अन्तर्गत सबै वडाको स्वाथ्यचौकी तथा आधारभूत स्वाथ्य केन्द्रमा सञ्चालन गरिएको शिविरमा २ हजार ८० जनाले आँखा जाँच गराएकोमा ४५ बर्ष माथि उमेर समुहका ५ सय मानिसहरुमा मोती विन्दुको समस्या देखिएको शिविरमा खटिएका फत्तेवाल आँखा अस्पतालका डाक्टर छन्दुलाल थारुले जानकारी दिए ।

मोती विन्दु कुनै सरुवा रोग होईन, डाक्टर थारुले भने –‘यो मानिसको उमेर बढ्दै गएपछि आफै हुने समस्या हो, जुन ४५ वर्ष पुगेका मानिसहरुमा आँखा धमिलो हुँदै जान्छ र बेलैमा उपचार नगरे जलविन्दु भएर पछि आँखा नदेख्ने समस्या हुन सक्छ ।’

Kids Festival 2022
kanti aarogya hospital
add

शिविर सञ्चालनका क्रममा धेरैले दुबै आँखामा समस्या भएपनि एउटा मात्र खाँखाको अप्रेशन गरेर बसेको पाईएको डाक्टरको भनाई छ । शिविरमा मोती विन्दुको समस्या देखा परेका सबैलाई फत्तेवाल खाँखा अस्पतालमा रेफर गर्दै आएको र कतिपयको अप्रेशन भईसकेको डाक्टर छन्दुलालले बताए । मोती विन्दुको अप्रेशन गर्दा एकजना बरावर ८ हजार शुल्क लाग्ने भएपनि राप्तीसोनारीको शिविरबाट अस्पतालमा रेफर गरिका सबैको निःशुल्क अप्ररेशन गरिने डाक्टर थारुले बताए ।

गाउँपालिकाको वडा नम्बर १ खासकुस्मा स्वाथ्य चौकीमा उद्घाटन गरिएको शिविरको शुक्रवार वडा नम्वर ४ बैजापुरमा गाउँपालिका अध्यक्ष लाहुराम थारुले समापन गरेका थिए ।

गाउँपालिका अन्तर्गतका कुनैपनि नागरिकले आर्थिक अभावका कारण आँखाको उपचार गराउन समस्या नहोस भन्ने उद्देश्यले निःशुल्क आँखा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष थारुको भनाई छ ।

स्थानीय आयोजक राप्तीसोनारी गाउँपालिका भएकाले शिविरमा ५ सय जना स्थानीयको मोतीविन्दु अप्रेशन शुल्क ४० लाख खर्च गाउँपालिका र अस्पतालले ब्यहोर्ने फत्तेवाल आँखा अस्पतालले जनाएको छ ।