बाँकेमा कोरोनाका सक्रिय संक्रमित ६१५ पुग्यो


बाँकेमा कोरोनाका सक्रिय संक्रमित ६१५ पुग्यो

नेपालगन्ज ८ माघः बाँकेमा कोरोनाका सक्रिय संक्रमित संख्या ६१५ पुगेकोछ । शुक्रबार मात्रै ५ सय ७८ सक्रिय संक्रमित रहेको बाँकेमा शनिबार संक्रमित थपिएपछि यो संख्या उकालो लागेको हो ।

पछिल्लो २४ घण्टामा बाँकेका ६२ जनामा कोरोना संक्रमित पुष्टि भएसंगै बाँकेमा सक्रिय संक्रमित ६१५ पुगेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले जनाएकोछ । यसमा बाँकेमा रही उपचाररत २१ जना सक्रिय संक्रमितको संख्या जोडिएको छैन । यसअघि शुक्रबार मात्रै बाँकेका ९० जनामा संक्रमण पुष्टि भएको थियो ।

केन्द्रका अनुसार शनिबार बाँकेका दुई वटा ल्याबमा भएको नमुना परीक्षणका क्रममा थप ८३ जनालाई कोरोना पुष्टि भएको छ ।

केन्द्रका अनुसार भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कुल एक सय २५ जनाको नमुना परीक्षण गर्दा ८३ जनालाई कोरोना पुष्टि भएको हो । यी मध्ये बाँकेका ६२ जना संक्रमित हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पतालमा ७७ जनाको परीक्षण गर्दा ५२ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ४८ जनाको परीक्षण गर्दा ३१ जनलाई कोरोना पुष्टि भएकोछ ।

केन्द्रका अनुसार भेरी अस्पतालमा ४० जना उपचाररत रहेकाछन् । अस्पतालमा उपचाररत दुई जना सिकिस्त, ३७ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । भने शनिबार नै बाँकेका २४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

यस्तै सीमानाका जमुनाहामा ३३५ जनाको एन्टिजेन परीक्षण गरिएकोछ । ३३५ जनाको एन्टिजेन परीक्षण गर्दा शनिबार ३२ जनामा कोरोना पोजेटिभ पाइएकोछ । हालसम्म बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्ला र बाँकेका संक्रमित गरि कुल २८७ महिला र ४९५ जना पुरुष गरि ७८२ जनाको मृत्यु भइसकेकोछ ।

थप समाचार

कोभिड ‘रेड जोन’ बाँके : सक्रिय संक्रमित ५७८ पुग्यो