पहिलोपटक सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि, नेपालमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५९ पुग्यो


पहिलोपटक सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि, नेपालमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५९ पुग्यो

नेपालगन्ज ११ माघ : नेपालमा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमित संख्या ५९ पुगेकोछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएसंगै नेपालमा ओमिक्रम संक्रमित संख्या ५९ पुगेको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीका अनुसार कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पहिचान गर्न नमूना काठमाडौं पठाइएकोमा चार जनामा संक्रमण पुष्टि भएको हो ।

यसरी ओमिक्रो संक्रमण पुष्टि हुनेहरु त्रिनगर हेल्थडेस्कबाट संकलन गरिएको नमुनामा ओमिक्रोन संक्रमण पाइएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै कञ्चनपुरका दुई जना, बझाङ र डोटिका एक÷एक जनामा ओमिक्रोन पुष्टि भएको जानाएकोछ । उनीहरू सबै भारतबाट स्वदेश फर्किएका हुन् ।

मन्त्रालयका प्रवक्त नरेन्द्र सिंह कार्कीका अनुसार ओमिक्रोन संक्रमित हुनेमा विथडचिर–२, बझाङ्गका ३३ वर्षिय पुरुष, पुर्विचौकी–७ डोटीका ४८ वर्षिय पुरुष, पुनर्वास–२, कञ्चनपुरका २९ वर्षिय पुरुष र दोधाराचादनी–२, कञ्चनपुरका ४२ वर्षिय पुरुषमा ओमिक्रोन पुष्टि भएको हो ।

अन्य १४२ जनाको रिर्पोट आउन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा ओमिक्रोन संक्रमण पुष्टि भएको यो पहिलो पटक हो । यसअघि माघ ९ गते नेपालमा एकैदिन २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

थप समाचार

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि