नेपालगन्ज १३ माघ : बाँकेमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार भेरी अस्पतालमा उपचाररत कालिकोटकी कोरोना संक्रमित महिलाको मृत्यु भएको हो ।
पचालझरना–१ कालिकोटकी ६० वर्षीया महिलाको बिहीबार विहान उपचारका क्रममा मृत्यु भएको केन्द्रले जनाएकोछ ।
माघ ९ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा कोरोना पुष्टि भएपछि उनलाई माघ १० गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा मृतकको स्वास्थ्यमा सुधार नभएपछि मृत्यु भएको हो । योसंगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ४४० जना कोरोना संक्रमितको मृत्यु भएको छ । भने बाँकेका मात्र ३४६ जनाको मृत्यु भएकोछ ।
यसअघि हिजो बुधबार भेरी अस्पतालमा उपचाररत बर्दिया र कालिकोटका एक÷एक जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
केन्द्रका अनुसार कालिकोट जिल्लाको शुभकालिका–५ का १६ वर्षीय बालक र बर्दिया जिल्लाको मधुवन नगरपालिका–६ का ७१ वर्षीय बृद्धको मृत्यु भएको हो ।
थप समाचार
भेरीमा उपचाररत १६ वर्षिय कोरोना संक्रमित बालकको मृत्यु