मालपोत बाँकेका प्रमुखसहित केही कर्मचारीमा कोरोना संक्रमण, माघ २१ सम्म सेवा स्थगन


मालपोत बाँकेका प्रमुखसहित केही कर्मचारीमा कोरोना संक्रमण, माघ २१ सम्म सेवा स्थगन

File Photo

नेपालगन्ज १५ माघ : भूमिसुधार तथा मालपोत कार्यालय, बाँकेका प्रमुखसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मालपोत कार्यालय बन्द गरिएकोछ ।

मालपोत अधिकृतसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि माघ १६ गतेदेखि माघ २१ गतेसम्मका लागि भूमिसुधार तथा मालपोत कार्याल, बाँके बन्द गरिएको हो ।

मालपोत कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोनसहितको संक्रमण दर बढ्दै गएकाबेला यस कार्यालयका प्मुख मालपोत अधिकृत लगायत अन्य केही कर्मचारीहरुमा समेत मिल्दोजुल्दो लक्षण देखा परि हाल होम आइसोलेसनमा रहेको जनाएकोछ ।

प्रमुख मालपोत अधिकृत छविलाल नेपालीद्वारा जारी उक्त सूचनामा अगाडी भनिएको छ–‘यस कार्यालयको सम्पूर्ण राजश्व रकम जम्मा गर्नुपर्ने नेपाल बैंक लिमिटेड सिटी अफिसका कर्मचारीहरुमा समेत कोरोना संक्रमण पुष्टि भै बन्द रहेकाले यस कार्यालयबाट कोभिड–१९ को संक्रमण फैलन सक्ने उच्च जोखिम रहेको हुदाँ कार्यालयको आन्तरिक प्रशासनिक काम मात्र सञ्चालन गर्नेगरि माघ १६ गतेदेखि माघ २१ गतेसम्म कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा प्रवाह हाललाई स्थगन गरिएकोछ ।’

यसअघि जिल्ला प्रशासन कार्यालय बाँकेका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएकोछ ।

थप समाचार

बाँकेका सरकारी ‘दफ्तर’मा कोरोना !