नेपालगन्ज १५ माघ : त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार सम्पन्न मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ । अफ्रिकी राष्ट्र मरिससविरूद्धको पहिलो खेलमा नेपालले १–० गोलअन्तरको संघर्षपूर्ण जित हात पारेको हो । नेपालका लागि एक मात्रै गोल विमल घर्तीमगरले गरेका हुन् ।
विजयी गोल गरेका विमलले ‘म्यान अफ दि म्याच’ अवार्ड पाएका छन् । प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले मरिससविरुद्धको खेलमा अञ्जन विष्ट, विमल घर्तीमगर, सुनिल बल, तेज तामाङ, सुमन लामा, सुरज ज्यू ठकुरी, सुमन लामा, देबेन्द्र तामाङ, दिनेश राजबंशी र किरणकुमार लिम्बु जस्ता पहिलो रोजाइका खेलाडीहरुलाई मैदान उतारेका थिए ।
तर, अल्मुताइरीले अनुभवी टोलीलाई मैदान उतारे पनि खेलको पहिलो हाफमा आपसी तालमेल नमिल्दा खेलाडीहरु मैदानको बीच भागमै अलमलिन पुगेका थिए भने केही अवसरलाई मरिससका डिफेन्डरहरुले विफल बनाए ।
खेलको तेस्रो मिनेटमै सुनिलले अग्रता लिने मौका गुमाए । सुनिलले करिब २० करिब २० यार्डबाट गरेको प्रहार डिफ्लेक्ट हुँदै बाहिरिएको थियो ।
यस्तै, १३ औं मिनेटमा सुमनको प्रहार आकासियो । उनले डिबक्स बाहिरबाट गरेको लामो प्रहारले गोल पोस्टको दिशा लिन सकेन । १६ औं मिनेटमा मरिससका एड्रिएन फ्रान्कोइसको प्रहार गोल पोस्ट नजिक पुग्न पाएन । उनले गरेको प्रहार नेपाली डिफेन्डर देवेन्द्र तामाङलाई लाग्दै डिफ्लेक्ट हुन पुग्यो ।
३१ औं मिनेटमा सुमनको अर्को सशक्त प्रहारले दिशा लिन सकेन । करिब ३० यार्डबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो । ३६ औं मिनेटमा फ्रान्कोइसको ‘वान भर्सेज वान’को मौकालाई गोलरक्षक किरणले विफल पारिदिए । पहिलो हाफको अतिरिक्त समयमा अन्जनले अर्को मौका खेर फ्याँके । ‘वान भर्सेज वान’को स्थितिमा सिक्स यार्डभित्रबाट गरेको प्रहारले दिशा लिन सकेन ।
तर, नेपालले दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन ग¥यो । प्रशिक्षक अल्मुताइरीले दोस्रो हाफमा जगजित श्रेष्ठ, मनिष डाँगी, सुदीप गुरुङलगायतका खेलाडीलाई मैदान प्रवेश गराएर आक्रमक खेल खेल्ने प्रयास गरेका थिए ।
त्यसअघि ४७ औं मिनेटमा मरिससका फर्नाडो ज्याकसनले गोलको अवसर गुमाएका थिए । उनको प्रहारलाई गोलरक्षक किरणले ड्राइभ गर्दै सहजै बचाए ।
पहिलो हाफमा बल नियन्त्रणमा लिएर खेल्न नसकेका विमलले राष्ट्रिय टोलीका लागि कमब्याक गोल गरे । उनले खेलको ५५औं मिनेटमा मरिससका ३ डिफेन्डरलाई छक्याउँदै गोल गरे । डिबक्सभित्रबाट गरेको प्रहारलाई मरिससका गोलरक्षक केभिन जेनले ड्राइभ गर्दै बचाए पनि पोलमा ठोक्किएर गोलमा परिणत भएको थियो ।
७५ औं मिनेटमा जगजित श्रेष्ठले अग्रता दोब्बर बनाउने मौका गुमाए । कर्नर साइडबाट गरेको प्रहारलाई मिडल पोस्टमा रहेका मरिससका गोलरक्षक जेनलले उचाइको फाइदा लिँदै पञ्च गर्दिए । जगजित ६३औं मिनेटमा सुनिल बलको स्थानमा मैदान छिरेका थिए ।
लगत्तै नेपालले दुई उत्कृष्ट मुभ बनाए पनि अन्जन र जगजित गोल गर्नबाट चुके । अन्जनले डिबक्सभित्रबाट गरेको प्रहारलाई गोलरक्षक जेनलले नियन्त्रण लिन सकेनन्। उक्त बललाई जगजितले नियन्त्रणमा लिँदै हेडरमार्फत् दोस्रो प्रयास गरे पनि गोलरक्षक जोनलले पञ्च गर्दै बचाए ।
त्यसपछि दुवै टोलीबाट केही प्रयास भए पनि गोल हुन नसक्दा नेपालले १–० को जित हात पारेको हो । नेपालले अब मरिससविरुद्ध दोस्रो खेल मंगलबार खेल्नेछ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बेलुका ४ः४५ बजेबाट सुरु हुनेछ ।
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह
सरकार हिँज पनि तपाईंसँगै थियो, आज पनि छ, भाेलि पनि रहनेछ (प्रधानमन्त्रीकाे सम्बाेधन- पूर्ण पाठ)
देशैभरि अभाव र महंगीको भय
बालेन सरकारले सुरुङभित्र थुनिरहेको ‘सास’