बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान

बाँकेमा ८३ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप


बाँकेमा ८३ प्रतिशत बालबालिकाले लगाए कोरोना विरुद्धको खोप

नेपालगन्ज २१ माघः बाँकेमा ८३ प्रतिशत बालबालिकाले मोडर्ना खोप लगाएका छन् । कोरोना विरुद्धको मोडर्ना खोप सञ्चालन गरेको तीन दिनमा लक्षित संख्याको ८३ प्रतिशतले खोप लगाएका हुन् ।

बाँकेमा ६९ हजार ८ सय ३७ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा बुधबार, विहिबार र शुक्रबार गरी तीन दिनमा ५७ हजार ९ सय ७१ जनाले मोडर्ना खोप लगाएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । यसमा २८ हजार ७ सय ८९ जना छात्रा र २९ हजार १ सय ८२ छात्र छन् । खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार अब खोप लगाउन बाँकी संख्या ११ हजार ८ सय १७ छ ।

बाँकेका ४३३ विद्यालयका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई २६९ वटा खोप केन्द्रबाट खोप लगाइएको थियो । खोप प्रगति सबैभन्दा बढी कोहलपुर नगरपालिका र कम नरैनापुर गाउँपालिकामा छ । कोहलपुरका लक्ष्य भन्दा बढी १२९ प्रतिशत र नरैनापुरका ३८ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

यस्तै राप्तीसोनारीमा ८४, खजुरा ९३, नेपालगन्ज ७५, बैजनाथ ९८, डुडुवा ५६ र जानकीका ५७ प्रतिशत लक्षित बालबालिकाले खोप लगाएका खोप फोकल पर्सन श्रेष्ठले जानकारी दिए । बाँकेमा स्कुले बालबालिकालाई खोप लगाउन माघ १९ र २० गते खोप कार्यक्रम चलाइएको थियो । भने शुक्रबार पनि खोप अभियन चलाइएको हो । विद्यालयमै खोप केन्द्र राखेर खोप कार्यक्रम सञ्चालन गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, शुक्रबारको तथ्यांक अनुसार राप्तीसोनारीमा थप ५ छात्रा ८ छात्र गरि १३ जना, कोहलपुर ४२१ छात्रा र ३८९ छात्रा गरि ८१०, बैजनाथमा ८६८ छात्रा र १०६२ छात्र गरि १९३० जना, खजुरामा ३३० छात्रा र २८६ छात्र गरि ६१६ जना, जानकीमा ३१० छात्रा र ३२२ छात्र गरि ६३२ जना, नेपालगन्जमा ५३ छात्रा र ७४ छात्र गरि १२७ जना, डुडुवामा १९६ छात्रा र २४४ छात्र गरि ४४० जना तथा नरैनापुरमा ११३ छात्रा र १०२ छात्र गरि २१५ जना सहित कुल २२९६ छात्रा र २४८७ छात्र गरि ४७८३ जनाले खोप लगाएकाछन् । शनिबार पनि खोप लगाइने स्वास्थ्य कार्यालय बाँकेले जनाएकोछ ।

थप समाचार

कोभिडकाबीच बाँकेका ‘विद्यालय खुले’, जन्मदर्ता लिएर विद्यार्थी आए