‘एनपीयु पत्रकार कल्याण कोष’मा काँग्रेस नेता गैडेलले गरे सहयोग


‘एनपीयु पत्रकार कल्याण कोष’मा काँग्रेस नेता गैडेलले गरे सहयोग

नेपालगन्ज २८ माघ : नेपाल प्रेस युनियन बाँकेले थालेको ‘एनपीयु पत्रकार कल्याण कोष’ मा सहयोग जुट्न थालेकोछ ।

युनियन बाँकेले गत महिना मात्रै बैठक बसेर ‘एनपीयु पत्रकार कल्याण कोष’ स्थापनार्थ अभियान चलाएको हो । यसका लागि युनियन बाँकेका कार्यसमिति सदस्य कमल खत्रीको संयोजकत्वमा उपसमिति गठन समेत गरिएकोछ ।

युनियन बाँकेले कोषका लागि अभियना तिव्र बनाइरहेको बेला नेपाली काँग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार सहयोग गरेकाछन् । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको कोषलाई प्रभावकारी बनाउन उनले उक्त सहयोग गरेका हुन् ।

कोषका उपसमिति संयोजक कमल खत्रीलाई नेता गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

काँग्रेस नेता गौडेलले गरेको सहयोगप्रति युनियनले आभार प्रकट गरेको युनियन बाँके सचिव विजय मल्लद्वारा जारी प्रेस नोटमा उल्लेखछ । साथै कोषका लागि आवश्यक सहयोग गर्न शुभेच्छुक, संघ संस्था तथा निकायलाई युनियनले पुनः आग्रह पनि गरेको छ । उक्त कोषले बाँके जिल्लाका सबै पत्रकारलाई समेट्ने युनियन बाँकेले जनाएको छ ।

पत्रकार कल्याण कोषसँगै युनियन बाँकेले स्थापना गरेको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘जगन्नाथ गौडेल स्मृती पत्रकारिता पुरस्कार’ लाई पनि थप ब्यवस्थित गर्ने योजना अगाडी सारेको सचिव मल्लद्वारा जारी प्रेस नोटमा बताइएकोछ । यी पुरस्कारलाई थप ब्यवस्थित गर्ने कार्यमा पनि सहयोग तथा सहकार्य गर्न युनियन बाँके शाखाले सबैलाई आग्रह गरेको छ ।