नेपालगन्ज २८ माघ : नेपाल प्रेस युनियन बाँकेले थालेको ‘एनपीयु पत्रकार कल्याण कोष’ मा सहयोग जुट्न थालेकोछ ।
युनियन बाँकेले गत महिना मात्रै बैठक बसेर ‘एनपीयु पत्रकार कल्याण कोष’ स्थापनार्थ अभियान चलाएको हो । यसका लागि युनियन बाँकेका कार्यसमिति सदस्य कमल खत्रीको संयोजकत्वमा उपसमिति गठन समेत गरिएकोछ ।
युनियन बाँकेले कोषका लागि अभियना तिव्र बनाइरहेको बेला नेपाली काँग्रेसका नेता नारायणप्रसाद गौडेलले २५ हजार सहयोग गरेकाछन् । नेपाल प्रेस युनियन बाँकेले स्थापना गरेको कोषलाई प्रभावकारी बनाउन उनले उक्त सहयोग गरेका हुन् ।
कोषका उपसमिति संयोजक कमल खत्रीलाई नेता गौडेलले शुक्रबार २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे । कुनैपनि घटना, दुर्घटनामा घाइते भएर वा जटिल खालका रोगको औषधी उपचारमा पत्रकारलाई आर्थिक सहायता प्रदान गर्न तथा पत्रकारका अन्य कल्याणकारी कार्यका लागि युनियन बाँकेले कोष स्थापना गरेको छ ।
काँग्रेस नेता गौडेलले गरेको सहयोगप्रति युनियनले आभार प्रकट गरेको युनियन बाँके सचिव विजय मल्लद्वारा जारी प्रेस नोटमा उल्लेखछ । साथै कोषका लागि आवश्यक सहयोग गर्न शुभेच्छुक, संघ संस्था तथा निकायलाई युनियनले पुनः आग्रह पनि गरेको छ । उक्त कोषले बाँके जिल्लाका सबै पत्रकारलाई समेट्ने युनियन बाँकेले जनाएको छ ।
पत्रकार कल्याण कोषसँगै युनियन बाँकेले स्थापना गरेको ‘सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार’, ‘प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्त राष्ट्रिय पत्रकारिता पुरस्कार’ र ‘जगन्नाथ गौडेल स्मृती पत्रकारिता पुरस्कार’ लाई पनि थप ब्यवस्थित गर्ने योजना अगाडी सारेको सचिव मल्लद्वारा जारी प्रेस नोटमा बताइएकोछ । यी पुरस्कारलाई थप ब्यवस्थित गर्ने कार्यमा पनि सहयोग तथा सहकार्य गर्न युनियन बाँके शाखाले सबैलाई आग्रह गरेको छ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू