नेपालगन्ज म्याराथनलाई वार्षिक बजेट तथा योजनामा समेटेका छौं : उपमेयर उमा


नेपालगन्ज म्याराथनलाई वार्षिक बजेट तथा योजनामा समेटेका छौं : उपमेयर उमा

नेपालगन्ज २८ माघ : गत मंसिर ४ गते भएको सातौं धारा नेपालगन्ज म्याराथनको समिक्षा एवं साझेदारहरुलाई सम्मान गरिएको छ । आयोजक क्रियटिभ ह्याण्डस्का तर्फबाट कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर र लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव भिम ओलीले साझेदारहरुलाई शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरेका हुन् ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख मगरले उपमहानगरपालिकाले नेपालगन्ज म्याराथनलाई उच्च प्राथमिकतामा राखेर वार्षिक बजेट तथा योजनामा समेटिएको बताइन् ।

नेपालगन्ज म्याराथनले सहरको ब्राण्डिङमा ठुलो योगदान दिएको हुँदा अब आउने जनप्रतिनीधिले पनि अपनत्व लिदैं जाने धारणा व्यक्त गरिन् । नेपालगन्ज म्याराथनलाई थप आकर्षण बनाउनका लागि नयाँ–नयाँ कन्सेप्ट बारे छलफल चलाउन आयोजकलाई सुझाव दिइन् ।

टाइटल स्पोन्सर धारा शुद्ध तोरीको तेल उत्पादक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले धारा तेल आठौं संस्करणका लागि मुख्य प्रायोजक सुनिश्चित भइसकेको जानकारी दिँदै अन्य साझेदार संस्थाहरुलाई पनि निरन्तर सहकार्य गर्न सुझाव दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

लुुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव भीम ओलीले लुम्बिनी प्रदेशकै ठुलो प्रतियोगिताका रुपमा स्थापित नेपालगन्ज म्याराथनले यात्रा निरन्तर र नियमित गराउन सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए ।

साझेदारहरुका तर्फबाट म्याराथनका मिडिया पार्टनर दैनिक नेपालगन्जका सम्पादक झलक गैरेले साझेदारहरुको निरन्तरता नै नेपालगन्ज म्याराथनको सुन्दर पक्ष रहेको बताए ।

नेपालगन्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए ।

त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् । सातौं संस्करणमा एपीएफ क्लबका किरणसिंह बोगटी र हाफ म्याराथनमा सन्तोषी श्रेष्ठ च्याम्पियन बनेका थिए ।